कर्णाली प्रदेश लोकसेवालाई विज्ञापन यथास्थितिमा राख्न आदेश

सुर्खेत, २८ माघ ।
सर्वोच्च अदालतले कर्णाली प्रदेश लोकसेवा आयोगले विभिन्न पदमा गरेको विज्ञापन यथास्थितिमा राख्न अन्तरकालीन आदेश दिएको छ । थारु समुदायलाई आरक्षण नछुट्याएको भन्दै सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ गर्दै न्यायाधीश तेजबहादुर केसीको इजलासले रिट निवेदक र विपक्षी दुबै पक्षलाई फागुन ९ गते छलफलमा बोलाई त्यतिन्जेलसम्म परीक्षा सञ्चालन नगरी यथास्थितिमा राख्न अन्तरकालीन आदेश दिएको हो ।
कर्णाली प्रदेश लोकसेवा आयोगले पुस २७ गते गरेको विज्ञापनमा थारु समुदायलाई आरक्षण नछुट्याएको भन्दै थारु कल्याणकारिणी सभा र अधिवक्ता श्रवणकुमार चौधरीले सर्वोच्चमा रिट दिएका थिए । सर्वोच्चले थारु समुदायलाई छुट्टै आरक्षणको व्यवस्था नगर्नुको कारण पनि विपक्षीहरुसँग माग गरेको छ ।

याे पनि पढ्नुहाेस :-

कर्णाली लोकसेवाले माग्यो ३७३ कर्मचारी

कर्णाली प्रदेश लोकसेवालाई विज्ञापन यथास्थितिमा राख्न आदेश

छोरा जन्माउने आशमा गर्भवतीको टाउकोमा ठोकियो साढे

कर्णाली प्रदेश लोकसेवालाई विज्ञापन यथास्थितिमा राख्न आदेश

दैलेखमा पेट्रोलियम पदार्थको अनुसन्धान तीन वर्षमा आधा

Leave a comment

Your email address will not be published. Required fields are marked *