रुकुम पश्चिममा एमाले र काँग्रेसका कार्यकर्ताबाट कुटिए माओवादी कार्यकर्ता

नेकपा एमाले र नेपाली काँग्रेसका कार्यकर्ताहरूले नेकपा माओवादी केन्द्रका कार्यकर्तालाई कुटपिट गरेका छन् । रुकुम पश्चिमको चौरजहारी नगरपालिका– ७ मा माओवादी केन्द्रको चुनावी सभामा एमाले र काँग्रेसका कार्यकर्ताले माओवादीका कार्यकर्तालाई कुटेका हुन् ।

एमाले र काँग्रेसका कार्यकर्ताहरूले प्रहार गरेको ढुंगा लाग्दा वाईसियलका २ जना घाइते भएका छन् । घाइते हुनेमा ज्ञानबहादुर बोहरा र सुजन शर्मा रहेका छन् । सभामा एमाले र काँग्रेसका कार्यकर्ताले ढुंगा हानेपछि झडपको अवस्थामा सृजना भएको माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीका सदस्य धुर्वविक्रम बुढाथोकीले जानकारी दिए ।
माओवादीको सभामा गएर होहल्ला गर्न खोजेपछि उनीहरुलाई सम्झाउन गएका वाईसीयलमाथि ढुंगा प्रहार भएको बताइएको छ ।






