कांग्रेसमा पार्टी निर्णयविपरीत उम्मेदवार बनेका, समर्थक र प्रस्तावक स्वतः निष्कासित

काठमाडौं । कांग्रेसले पार्टीको आधिकारिक निर्णय बिना उम्मेदवारी दिएका र त्यस्ता उम्मेदवारको समर्थक एवं प्रस्तावक बसेका पार्टीका कार्यकर्तालाई पार्टीबाट निष्काशन गरेको छ।

पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध वा गठबन्धनका उम्मेदवारविरुद्ध उठेकालाई वैशाख १६ गते फिर्ता लिन भने पनि नलिएकाहरुलाई स्वतः कारबाही गरेको छ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध विद्रोही उम्मेदवार बनेका तथा त्यस्ता विद्रोही उम्मेदवारका प्रस्तावक र समर्थक बनेकाहरुको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित)को धारा ४ (१३) (ग) बमोजिम समाप्त भइ पार्टीबाट स्वतः निस्काशन भएको यसै विज्ञप्ति मार्फत सूचित गरिन्छ।’

कांग्रेसले बागी उम्मदवार बनेका र उनीहरुको समर्थक तथा प्रस्तावक बनेकाहरुको नाम केन्द्रमा पठाउनसमेत निर्देशन दिएको छ।

कांग्रेसमा पार्टी निर्णयविपरीत उम्मेदवार बनेका, समर्थक र प्रस्तावक स्वतः निष्कासित

रुकुम पश्चिममा एमाले र काँग्रेसका कार्यकर्ताबाट कुटिए

कांग्रेसमा पार्टी निर्णयविपरीत उम्मेदवार बनेका, समर्थक र प्रस्तावक स्वतः निष्कासित

हराएको १० तोला सुन फेला प¥यो

Leave a comment

Your email address will not be published. Required fields are marked *