स्वतन्त्र उम्मेदवार खड्काले गुलाफको फुल सहित लाखौको माला लगाएर जैशीलाई गरे सर्मथन

 

काली बहादुर थापा
हुम्ला । हुम्लाको ताँजाकोट गाउँपालिकाका स्वतन्त्र उम्मेदवार अबिर खड्काले आधिकारीक उम्मेदवार लालकेश जैशीलाई आफ्नो चुनाव चिन्ह सहित लाखौको नगद सहितको माला लगाएर समर्थन जनाएका छन् ।

बुधबार एक चुनाबी सभा गर्ने क्रममा माओवादी केन्द्र ताँजाकोट गाउँ कमिटीका अध्यक्ष समेत रहेका खड्काले निर्वाचन कार्यालले आफुलाई प्रदान गरेको चुनाव चिन्ह गुलाबको फुललाई साँचि राखेर आफुले चुनाबमा खर्च गर्ने भनेर राखेको उक्त पैसा पार्टीलाई जिताउँनु होला भन्दै नगद सहितको माला लगाएर सर्मथन जनाएका हुन् ।

संघिय सांसद छक्क बहादुर लामाले टिकट आफ्नो नाममा ल्याए पनि १२ गते अपरान्ह साढे ४ बजे प्रदेश कमिटीका सहसचिव जैशीले उक्त टिकटमा आफ्नो नाममा उम्मेदवारी दिए पछि खड्काले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

बैशाख १२ गते देखीको निरन्तरको छलफलमा कुनै पनि निश्कर्ष नआए पछि अन्य स्वतन्त्र उम्मेदवारले छोडे पनि खड्काले भने छोडेका थिएनन् उनले आज उक्त चुनाबी आमसभामै आफ्नो चुनाबी चिन्ह गुलाफको फुल सहित लाखौको नगद सहितको माला लगाई दिएर समर्थन दिएको र अब देखी गुलाफको फुलमा एक पनि भोट नखसाल्ने सहमती भएको बताउनु भयो ।
लगाई दिएको मालामा भने के कती रकम छ भन्ने कुरा भने खुलाउन चाहेनन् तर पनि आफुले चुनाबमा खर्च गर्ने भनी राखीएको सबै पैसा उम्मेदवार जैशीलाई बुझाएको बताए ।

स्वतन्त्र उम्मेदवार खड्काले गुलाफको फुल सहित लाखौको माला लगाएर जैशीलाई गरे सर्मथन

आफ्ना उम्मेदवार जिताउँन स्थायी कमिटी सदस्य गाेरख

स्वतन्त्र उम्मेदवार खड्काले गुलाफको फुल सहित लाखौको माला लगाएर जैशीलाई गरे सर्मथन

बिहीबार मेघ गर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना

Leave a comment

Your email address will not be published. Required fields are marked *