बिहीबार मेघ गर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना

देशका केही भू–भागमा आज मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशको पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागमा मौसम सफा नै रहेको छ।

हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू-भागसम्म बनेको न्यून चापीय प्रणाली प्रभाव रहेको महाशाखाले जनाएको छ।

बिहीबार दिउँसो देशका पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। अन्य भू-भागमा आंशिक बदली रहनेछ। पहाडी भू-भागका केही स्थान बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति प्रदेश १ , मधेश प्रदेश र बागमती प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।

बिहीबार मेघ गर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना

स्वतन्त्र उम्मेदवार खड्काले गुलाफको फुल सहित लाखौको

बिहीबार मेघ गर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना

सम्पादकीय : टुक्रे योजनामा रमाउने कर्णाली

Leave a comment

Your email address will not be published. Required fields are marked *