आफ्ना उम्मेदवार जिताउँन स्थायी कमिटी सदस्य गाेरख बाेगटीलाई भ्याई नभ्याई !

काली बहादुर थापा
हुम्ला । नेकपा एमाले स्थायी कमिटी सदस्य गोरख बहादुर बोगटी आफ्ना उम्मेदवार जिताउनको लागि गाउँ गाउँमा पुगेका छन् ।
अघिल्लो निर्वाचन २०७४ मा हुम्ला जिल्लाको एक मात्र पालीका जितेको अदानचुली गाउँपालिकाको हरेक गाउँबस्तीमा गएर आफ्ना उम्मेदवारलाई जिताउनको लागि गाउँ गाउँमा पुगेका हुन ।
जिल्लाका ७ वटा गाउँपालिका मध्ये ४ वटा माओबादी केन्द्र,२ वटा नेपाली कांग्रेश र १ गाउँपालिका एमालेले जितेको थियो भने यती बेला जिल्लाभर गठबन्धन भएकाले पनि नेकपा एमालेलाई सकस परेको छ ।
स्थायी कमिटी सदस्य बोगटीको जन्मस्थल अदानचुली गाउँपालिकामा पनि यती बेला गठबन्धनको साझा उम्मेदवारको रुपमा नेपाली काँग्रेशका जिल्ला सभापनि मोहन बिक्रम सिंह अध्यक्षमा र नेकपा माओबादी केन्द्रका प्रदेश कमीटीका सदस्य कर्ण रोकाया सुधार उपाध्यक्षका उम्मेदवार रहेका छन् भने एमालेले नेपाली कांग्रेसको असन्तुष्ट पक्ष लोकेन्द्र भण्डारीलाई उपाध्यक्षमा स्वतन्त्र उठाएर नेकपा एमाले केन्द्रीय सदस्य तथा निबर्तमान गाउँपालिकाका अध्यक्ष पुनः अध्यक्षको उम्मेद्धार रहेका छन् ।
४ हजार ७ सय मतदाता रहेका अदानचुलीमा पहिलो एमाले,दोस्रो माओबादी,तेस्रो नेपाली काँग्रेस र चौथो समावादी रहे पनि तेस्रो दल नेपाली कांग्रेसको असन्तुष्ट पक्षले साथ दिएकाले दुबै(नेकपा एमाले र गठबन्धन)को कडा प्रतिस्पर्धा देखिएको छ । जिल्लाभर गठबन्धन भएकै कारण एमालेले पनि अन्य दोस्रो तहका नेताहरुलाई उम्मेदवार नबनाएर पहिलेकै अध्यक्षलाई उम्मेदवार बनाएको छ ।
भने उता गठबन्धन भएकाले जित्ने निश्चीत जस्तै देखे पनि जिल्लाका ठुला नेताहरु समेत गाउँपालिकामा आएर उम्मेदवार बनेका छन् । कडा प्रतिस्प्रधा भएकाले स्थायी समिति सदस्य बोगटी सहित केन्द्रीय सदस्य तथा अध्यक्षका उम्मेदवार दल फडेरा,प्रेस चौतारी नेपाल अनुशासन आयोगका केन्द्रीय अध्यक्ष नवराज महतारा र स्वतन्त्र उपाध्यक्षका उम्मेदवार लोकन्द्र भण्डारी सहितका नेताहरु भोट माग्दै गाउँ गाउँमा पसेका छन् ।
अदानचुली गाउँपालिकको वडा नम्बर ५ को काँखे, बारीगाउँ र करगइका हरेक घरहरुमा पुगेर नेकपा एमालेका पोलीटब्युरो सदस्य गोरख बहादुर बोगटीले अब नेपालमा दुईवटा पाटी मात्र(गठबन्धन र एमाले) रहेकाले सच्चा कम्युनिष्टहरु एमाले तिर लामबद्द भइ अगाडि बढ्नु पर्ने बताए ।
उनले भने काँग्रेशको सहारामा अन्य दलहरु कतिन्जेल टेक्ने हुँन् थाहा नभएकाले समयमै सोचेर एमालेलाई भोट दिन आग्रह गर्नु भयो ।
यता एमालेबाट अध्यक्षका उम्मेदवार दल फडेराले आफु पहिलो पटक अध्यक्ष बन्न एउटा लेख्ने कलम समेत नभएकाले त्यो अबस्थाबाट यो अबस्था अर्थात गाउँपालिका हो भन्ने सम्म पुर्याएको अब केही बाँकी रहेका अधुरा अपुरा कामलाई पुरा गरी समृद्ध गाउँपालिका निमार्णको लागि भए पनि आफुलाई भोट दिएर जिताउन आग्रह गरे ।
नेपाली कांग्रेसबाट बिद्रोह गर्दै एमालेसँगको तालमेलमा उपाध्यक्षको उम्मेदवार बन्नु भएको लोकेन्द्र भण्डारीले नेपाली काँग्रेश भित्र नाताबाद कृपाबाद मौलाएको बताउँदै हार्ने टिकट आफुलाई दिएको र अहिले जित्ने देखे पछि स्वार्थी नेताहरुले आफुलाई बाईपास गरेको भन्दै एमाले,काँग्रेश र माआबादी सबैको साझा उम्मेदवार भएको बताउँदै आफुलाई जिताए सबैको साझा बन्ने उपाध्यक्षका उम्मेदवार लोकेन्द्र भण्डारीले बताए ।






