घुँयत्रो : सरकारको नयाँ खेल—‘पक्राउ गर, अस्पताल पठाऊ, अदालत पुर्‍याऊ, अनि घर पठाऊ’!

हैन ! याे सरकारकाे अरु के ई काम छैन कि क्या ? खाल मान्छे पकडिने अनि छाेडने गर्या मात्रै सम्चनर आउँछन त ! हैन के प्रधानमन्त्री वा गृहमन्त्री जे लाग्छ त्यै गर्न पाईन्छ र भन्या ? हुन त हामी दुई तिहाइ काे सरकार कैल्यै नदेख्या मान्छे ! दुईतिहाईकाे सरकार भएछि जेपनि गर्न पाईन्छ नि हाेला ! यसरी याे सरकारले गर्या जे पनि सहि हुन्छ भने फेरि पक्राउका नाममा कसैला गाेडा सातेक दिन अस्पताल राखेर उल्टै उपचार र अपरेशन समेत गरेर पठाउने अनि कसैलाई फेरि पक्राउ गरेर रनख्नु पर्ने हिरासताँ तर राख्ने अस्पतालाँ र मजाले स्वस्थ्य गराएर घर पठाउने याे कस्ताे खालकाे खेलाे हाे बुझ्नै पाईएन । तत्कालीन प्रधानमन्त्री वलिकै कुरा हेरम् न उनलाई सत्ताच्युत गरे प्रधानमन्त्री हुन उमेरै नमिल्या भनेर धज्जि उडाए अनि बालेनकाे सरकार दुईतिहाईकाे मतलेर सत्ताँ आयाे अनि रातारात बालेनले वलि र लेखकलाई पक्राउ गरे, तर , पक्राउ केका लागि गरे था भएन । पक्राउ गर्ने बित्तिकै अस्पताल लगे ,डाक्टरले चेक गर्ने बित्तिकै था भाे पत्थरीकाे अपरेशन गर्नु पर्ने भा रैछ । झन अस्पतालाँ निसुल्क अपरेसन भाे ! के के नै ठूलै अपराधी हाे कि भनेझैँ गरेर लग्या त लास्टाँ झन उपचार गरेर बेडरेष्ट गरेर आनन्दले बा अस्पतालाट फर्किनु भाे उल्टै वलिबाट कुनै अपराध वा भष्टाचार नभाकाे भन्ने अदालतले प्रमाणित गरेर पठाई दियाे । कसैले आराेप लाउने ठाउँनै भएन क्या मज्जा ! एकातिर रावनितिज्ञहरकाे कथा यस्ताेसुन्दै अनाैठाे छ भने उता फेरि मेडिकल ब्यवसायी दुर्गाप्रसाईँकाे कथा नि कम्ता राेचक छैन । हप्तैपिच्छे पक्राउ हुँदै र छुटदै गर्ने दुर्गा प्रसाईकाे कथानि सुन्नै लाएकछ । प्रसाईं न राजनिती गर्ने मान्छे हुन न सरकारका विराेधि तै पनि यिनलाई नि पक्राउ गर्ने र छाेडने ठेगानै हुँदैन । कैले गाेडा तिनेक साता त कैले एकै साता सरकारी सिदा खाने भाग्य लेर आका प्रसाईं आफू त जेनजी आन्दोलनकाे पुर्ण समर्थन गरेर हिँडने मात्र हैन कि मन्त्री नै बन्ननि गाथे तर सेनासित त्यति राम्रो सम्बन्ध हुँदानि मन्त्री बन्न पाएनन् । बिचराले हप्तैपिच्छे मामा घरकाे सिदा खान लेख्या रैछ र पाे मन्त्री हुन नि नलेख्यारैछ । कैले राजाकाे पक्षाँ ,अनि कैले लघुवित्त पिडितका पक्षाँ ,त कैले जेनजीकाे पक्षा जुलुस निकाल्दा निकाल्दै विचरा दुर्गा प्रसाईँकाे जिन्दगी नि सक्किने भाे । हुन पनि यस्साे काेई सरकारी सेवाँ भकाे अथवा त्यै सेवाट रिटायर भाकाे लाई पक्राउ गरेर छाेडेकाे भाेलि या पर्सिपल्टै पर्साईँलाई पक्राउ गरि हाल्नु पर्ने के कारण रैछ कुन्नि । याे पटकनि पूर्व प्रधानन्यायाधीश चाेलेन्द्र समशेरलाई पक्राउ गरेर छाेड्या भाेलि पल्टै फेरि दुर्गा प्रसाईँलाई कर्याप्झ्याप् पारि हाल्याे तनि पुलिसले नि । पक्राउ पर्ने कारणै नदिएरनि पक्राउ गर्ने चलन चल्या हुनाले किन पक्रेछ भन्ने था भएन तर भख्खर मात्रै दुर्गा प्रसाईँलाई पक्राउ गरिएकाेभन्ने सम्चार आएछि था भाे कि चाेलेन्द्रलाई छाेड्याे पर्साइँलाई हुल्याे भन्ने था भाे । ए ! सरकार याे थुन्ने छाेडने भन्दा अरु कुनै खेल खेल्नै हैन जसले गर्दा जनताकाे समृद्धि हाेस ! बेराेजगारले राेजगारी पाउन, भाेकाेले खान पावस ,अन्यायमा परेकाेले न्याय पाओस, विरामीले उपचार पाओस , पढन नपाकाेले पढन पाओस । समाजमा शान्ति सुरक्षा छाओस । याे खालि मनन्छे समाछ लग्याछ अदालतले छाेड्याछ । नत अदालतले अपराधी भनेर ठाेक्याछ । काेर्टमा पुर्याछ छाेड्याछ । हरेक केसमा सरकार नाङगिँदै जाँदानि फेरि त्यैकाम दाेहर्याउनु राम्राे हाे र? बिचार पुर्याएर काम गरम् है तपाईंहरका कार्यकर्ता र जनता जेनजीकाे सरकारले गल्ति गर्दैन भन्दै हिँडने तर तपाईंहरका हरेक कामलाई अदालतले गलत प्रमाणित गर्दै जाने हाे भने त काँट हाेला तनि ! त्यसैले बेलैमा सचेत हुने वा सुध्रिने के हाे ? निर्णय गरम् ।

घुँयत्रो : सरकारको नयाँ खेल—‘पक्राउ गर, अस्पताल पठाऊ, अदालत पुर्‍याऊ, अनि घर पठाऊ’!

रङ्गशिङ्ग खोलामा बनेको पक्की पुलकाे मुख्यमन्त्री आचार्यले

घुँयत्रो : सरकारको नयाँ खेल—‘पक्राउ गर, अस्पताल पठाऊ, अदालत पुर्‍याऊ, अनि घर पठाऊ’!

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र

Leave a comment

Your email address will not be published. Required fields are marked *