‘ग्लोबल ग्याग रुलः प्रजनन् स्वास्थ्यको बाधक’

 

सुर्खेत, अमेरिकन सरकारको स्वास्थ्य सहयोग सम्बन्धी वैदेशिक नीति अर्थात ग्लोबल ग्याग रुलले नेपालमा यौन तथा प्रजनन् स्वास्थ्यलाई बाधक बनेको पत्ता लागेको छ । यौन तथा प्रजनन् स्वास्थ्य (सुरक्षति गर्भपतन, परामर्श र वकालत) गरेको खण्डमा आर्थिक अनुदान कटौती गर्ने अमेरिकन सरकारको नीतिका कारण नेपालको प्रजनन् स्वास्थ्यमा ठूलो असर परेको हो ।

ग्लोबल ग्याग रुल लागू भएपछि आर्थिक अनुदान बन्द हुँदा त्यसको प्रत्यक्ष असर नेपाली महिला तथा किशोरकिशोरीहरुमा परेको छ । वातावरण, स्वास्थ्य र जनसंख्या कार्यक्रम अनुसन्धान केन्द्र (कृपा) र आइडब्लुएचसीले नेपालमा गरेको अध्ययनले ग्लोबल ग्याग रुलक नीतिले महिला स्वास्थ्य र यसको क्षत्रमा क्रियाशिल संघ संस्थाहरुलाई नकारात्मक असर परेको पत्ता लगाएको हो ।
आइतबार सुर्खेतको वीरेन्द्रनगरमा कृपाले एक कार्यक्रमको आयोजना गर्दै ग्लोबल ग्याग रुलका कारण नेपालमा परेको असरको विषयमा गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ । अध्ययनले ग्लोबल ग्याग रुल लागू भएपछि अनुदान रकम कटौती भएको, अमेरिकन सरकारको अनुदानबाट नेपालमा सञ्चालित स्वास्थ्य कार्यक्रमहरु बन्द भएको, नागरिक समाजको साझेदारी र सहकार्यमा असर पुग्दा त्यसको प्रत्येक्ष असर यौन तथा प्रजनन् स्वास्थ्य र विशेषगरी महिला स्वास्थ्यको प्रगतिलाई पछाडि धकेल्ने देखिएको छ ।

यौन तथा प्रजनन् स्वास्थ्यका कार्यक्रमहरु बन्द हुँदा नेपालमा असुरक्षित गर्भपत, मातृ मृत्युदर र आत्महत्या जस्ता घटनाहरु बढेको अध्ययनले देखाएको छ । यो नीति कै कारण नेपालमा परिवार नियोजन तथा सुरक्षित गर्भपतनको सेवा विस्तारमा थप चुनौतिपूर्ण बनेको छ । नेपाल सरकारले २०५८ सालदेखि सुरक्षित गर्भवतनलाई मान्यता दिइसकेको छ । तर अमेरिकन सरकारको आर्थिक अनुदान लिएर नेपालमा यौन तथा प्रजनन् स्वास्थ्यमा क्रियाशिल संघ संस्थाहरुलाई नकारात्म असर पारेको कृपा नेपालका सह–निर्देशक डा. महेश पुरीले बताए । उनले प्रदेशको निती निर्माण गर्दा यौन, तथा प्रजजन् स्वस्थ्यलाई समाबेश गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डाक्टर रविन खड्काले अहिले पनि नेपालमा असुरक्षित तथा गैरकानूनी गर्भपतन गराउने गरेको भन्दै यौन तथा प्रजनन् स्वास्थ्यको क्षेत्रमा सचेतना फैलाउनु आवश्यक रहेको बताए । कर्णालीका दुर्गम बस्तीहरुमा सुरक्षित गर्भपतन सेवा दिने स्वास्थ्य संस्थाको पहुँच नपुगेको भन्दै उनले मातृ मृत्युदर र असुरक्षित गर्भवतन घटाउन यौन तथा प्रजनन् स्वास्थ्यको क्षेत्रमा सचेतना आवश्यक रहेको तर्क गरे । ग्लोबल ग्याग रुल सधैको लागि खारेज भएको खण्डमा त्यसले नेपालमा यौन तथा प्रजनन् स्वास्थ्यमा सहयोग पुग्ने बताए ।

कार्यक्रममा गैरसरकारी संस्था वामका कार्यकारी निर्देशक मधुरानी ढकालले परिवार नियोजनका साधनहरु सहजरुपमा उपलब्ध नहुदाँ अकालमै महिलाहरुले ज्यान गुमाउनु परिरहेको बताइन ।
यस्तै कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका उदय विसी, पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललति बसेलले महिला तथा प्रजनन् स्वस्थ्यलाई व्यवस्थित बनाउनु पर्नेमा जोड दिए ।

सामुदायिक सुधार संस्थाको समन्वय भएको कार्यक्रममा कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख बृषकुमार शाही, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी पदम विष्ट, सुर्खेत सामाजिक संघ संस्थाका कार्यरत विभिन्न महिला अधिकारकर्मी लगायत सहभागी थिए । सामुदायिक सुधार संस्थाका अध्यक्ष ललित भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रम सामाजिक अभियन्ता तथा सामाजिक मनोपर्शकर्ता शर्मिला विसीले सञ्चालन गरेकी थिइन् । कार्यक्रममा कृपा नेपालका प्रतिनिधि कुशुम वाग्ले र कृपाका सह निर्देशक पुरीले सहजीकरण गरेका थिए ।
यसैबीच अध्ययनले ग्लोबल ग्याग रुलका कारण महिलाको स्वास्थ्य र यस क्षेत्रमा काम गर्ने संघ संस्थालाई नकारात्मक असर परेको भन्दै सधैका लागि हटाउन पर्ने देखाएको छ । हाल यो नीति खारेज भइसेको छ । यद्यपी सरकार परिवर्तनसँगै नीति पुनःस्र्थापना हुन सक्ने भन्दै अमेरिकाले ग्लोबल ग्याग रुललाई सधैको लागि हटाउनुपर्ने अध्ययनले देखाएको छ ।

सन् २०१७ मा पुनस्र्थापना भई लागु भएको यो नीति सन् २०२१ जनवरीमा नीति खारेज भइसकेको छ । तर नयाँ सरकार आएपछि पुनस्र्थापना हुने सम्भाबना भने बलियो छ ।
यही कारण अन्य मुलुक जस्तै नेपाल पनि ग्लोबल ग्याग रुललाई सधैका लागि हट्नुपर्ने अध्ययनले देखाएको हो । यो नीतिका कारण नेपालमा यौन तथा प्रजनन् स्वास्थ्यमा वैदेशिक सहयाता घटेको र यसले असुरक्षित गर्भपतन बढाएको अध्ययनको निष्कर्ष छ ।

‘ग्लोबल ग्याग रुलः प्रजनन् स्वास्थ्यको बाधक’

५८ प्रतिशतले गराउँछन असुरक्षित गर्भपतन

‘ग्लोबल ग्याग रुलः प्रजनन् स्वास्थ्यको बाधक’

लिग फुटबलमा इब्राहिमोभिचको ४०० गोल

Leave a comment

Your email address will not be published. Required fields are marked *