५८ प्रतिशतले गराउँछन असुरक्षित गर्भपतन

सुर्खेत : अझै पनि ५८ प्रतिशतले असुरक्षित रुपमा गर्भपतन गर्ने गरेको तथाङक सार्वजनिक भएको छ। गैर सहकारी संस्था कृपाले बीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा यस्तो जानकारी गरार्इएको हो। समिति स्रोत साधनको कारण नेपालको ग्रामिण क्षेत्रका महिलाहरु सुरक्षित गर्पन सेवा लिनेको संख्यामा कमि आएको जनार्इएको छ। देशभर २४ प्रतिशत महिलाले परिवार नियोजनको सेवा पाउन नसकेको कृपा संस्थाका सह निर्देशक महेश पुरी जानकारी दिनुभयो। उहाँले कानूनी मान्यता पाएको वर्षा विते पनि महिलाहरुले अझै लुकीछिपी रुपमा असुरक्षित तथा गैरकानूनी गर्भपतन गर्ने गरेको बताउनुभयो। यसैबीच सरकारले असुरक्षित गर्भपतन घटाउन कोशिश भइरहेको जनाएपनि त्यो अनुरुप काम हुन नसकेको सरोकारवाहरुले बताउदै आएका छन।

सुरक्षित गर्भपतनको सेवा उपलब्ध हुनुपर्ने विभिन्न स्वास्थ्य संस्थामा अझै सेवा विस्तार हुन नसक्दा असुरक्षित गर्भपतनले अझै पनि निरन्तरता पाइरहेको छ। उनिहरुले प्रदेशको निती निर्माण गर्दा यौन, तथा प्रजजन् स्वस्थ्यलार्इ समाबेश गर्नुपर्नेमा जोड दिएका छन। कार्यक्रममा गैरसरकारी संस्था वामका निर्देशक मधुरानी ढकालले परिवार नियोजनका साधनहरु सहजरुपमा उपलब्ध नहुदाँ अनाहकमा महिलाहरुले ज्याउन गुमाउनु परेको बताउनुभयो। उहाँले सरकारले यस्ता खालका सेवालार्इ गुणस्तरिय बनाउदै प्रभावकारी रुपमा सबै स्वास्थ्य संस्थामा संञ्चालन गर्नुपर्नेमा जोडदिनुभयो। यस्तै कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका उदय विसी,पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललति बसेलले महिला तथा प्रजनन् स्वस्थ्यलार्इ व्यवस्थित बनाउनु पर्ने उल्लेख गर्नुभयो। कार्यक्रममा प्रदेश स्वास्थ्य सेवाका निर्देशक रविन खड्कालले महिला तथा किशोरीको मौलिक अधिकार, हित र सम्मानको रक्षा गर्दै यौन तथा प्रजनन स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गराउनका लागि काम गर्नुपर्ने आवश्यकता अहिले रहेको बताउनुभयो। उहाँले कर्णालीमा यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सबैलाई सुनिश्चित गरिएको भन्दै यसलार्इ अझै प्रभावकारी बनार्इने बताउनुभयो।

५८ प्रतिशतले गराउँछन असुरक्षित गर्भपतन

पछिल्लो २४ घण्टामा देशभर थप ४०८ जनामा

५८ प्रतिशतले गराउँछन असुरक्षित गर्भपतन

‘ग्लोबल ग्याग रुलः प्रजनन् स्वास्थ्यको बाधक’

Leave a comment

Your email address will not be published. Required fields are marked *