कर्णाली सरकारका तीन मन्त्रीको भोलिदेखि पदमुक्त हुँदै

सुर्खेत। कर्णाली सरकारका तीन मन्त्रीको पद भोलि सोमबार सकिँदैछ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाको पदावधि भोलि समाप्त हुँदैछ । उनीहरु तीनै जना नेकपा एकीकृत समाजवादी पार्टीका हुन् ।

मन्त्री थापा नेकपा एकीकृत समाजवादीको प्रदेश अध्यक्षको जिम्मेवारीमा पनि छन् । भोलि स्वतः पदमुक्त हुने उनीहरुको ठाउँमा कसलाई मन्त्री बनाउने भन्नेबारे औपचारिक धारणा बाहिर आइसकेको छैन । आइतबार छलफल गर्न कर्णालीमा नेकपा एकीकृत समाजवादी पार्टीको बैठक बसेको छ ।

गत वैशाख ३ मा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ‘फ्लोर क्रस’ गरेर विश्वासको मत दिएपछि थापा, शाही र बुढालाई सरकारमा सामेल गरिएको थियो । उनीहरुलाई एमालेले कारवाही गरिसकेका कारण प्रदेशसभा सदस्य पद गुमाएका हुन् ।

कर्णाली सरकारका तीन मन्त्रीको भोलिदेखि पदमुक्त हुँदै

प्रेस सेन्टर नेपाल रुकुम पश्चिमको अध्यक्षमा गौतम

कर्णाली सरकारका तीन मन्त्रीको भोलिदेखि पदमुक्त हुँदै

पछिल्लो २४ घण्टामा देशभर थप ४०८ जनामा

Leave a comment

Your email address will not be published. Required fields are marked *