प्रेस सेन्टर नेपाल रुकुम पश्चिमको अध्यक्षमा गौतम

रुकुम पश्चिम : प्रेस सेन्टर नेपाल रुकुम पश्चिमको अध्यक्षमा हरि गौतम निरबिरोध निर्बाचित भएका छन । १३ गते जिल्ला सदरमुकाम खलंगामा भएको पाचौं जिल्ला अधिबेशनबाट गौतमको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समन्वय समिती गठन भएको छ । जसको उपाध्यक्षमा देबकुमार ओलि , सिजन बाठामगर सचिब देबकुमार ओलि , सहसचिव मनिस खड्का र डिल्लिराज बिश्वकर्मा र कोषाअध्यक्षमा सन्देश जैसी निरबिरोध निर्बाचित भएका हुन ।
त्यस्तै पाचौं जिल्ला सम्मेलनबाट प्रेस सेन्टरकि केन्द्रिय कार्यलय सदस्य लक्ष्मि पुनलाई यश बर्षको प्रेम समर साहसिक पुरस्कार बाट सम्मानित गरिएको हो । कार्यक्रमबाट पुर्ब अध्यक्षहरु कमला रोका , बिरबहादुर मल्ल र धुर्बबिग्रम बुढाथोकिलाई सम्मान पत्रले सम्मान गरेको प्रेस सेन्टर नेपाल रुकुम पश्चिमले जनाएको छ । कार्यक्रमको नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्यीय तथा जिल्ला ईन्चार्ज वसन्त शर्मा ( कुशल ) ले उत्घाटन गर्नुभएको थियो ।






