पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन

काठमाडौं : पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको निर्णय खारेज गर्न माग गर्दै नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले आइतबार विरोध प्रदर्शन गरेको छ।

टेकुस्थित नेपाल आयल निगमको कार्यालयअगाडि पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको निर्णय खारेजको माग गर्दै क्रान्तिकारीले विरोध प्रदर्शन गरेको हो।

प्रदर्शनका क्रममा वैद्य निकट अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले मूल्यवृद्धि तत्काल फिर्ता लिनुपर्ने बताए। उनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि सरकार र नेपाल आयल निगमले जनताको पसिना लुट्नलाई गरेको दाबी गरे।

उनले तत्काल निर्णय फिर्ता नलिए आयल निगमका अधिकारीलाई कालो मोसो दल्न पछि नपर्ने चेतावनी दिए।

अध्यक्ष गजुरेलले भने, ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ, खाना पकाउने एलपी ग्याँसको मूल्य १५ सय बनाएको छ, पेट्रोलको मूल्य १३३, डिजेल मट्टितेलको ११६ रुपैयाँ र हवाई इन्धनको मूल्य आन्तरिक बाह्यमा प्रतिलिटर १० रुपैयाँ बढाइएको छ। यसको हामी घोर भर्त्सना र निन्दा गर्दछौँ, सरकारले लुटतन्त्र मचायो।’

अध्यक्ष गजुरेलले मूल्यवृद्धिको निर्णय सरकारले तत्काल फिर्ता नलिए नेकपा माओवादी क्रान्तिकारी र अखिल क्रान्तिकारीले आन्दोलनको आँधीबेरी ल्याउने चेतावनी दिए। नेपाल आयल निगमले शुक्रवार राति प्रतिलिटर ३ रुपैयाँका दरले पेट्रोलको मूल्यवृद्धि गरेको थियो। त्यसैको विरोधमा ६ विद्यार्थी संगठनले निर्णय फिर्ता नलिए देशभर आन्दोलन गर्ने घोषणा गरेका छन्।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन

कर्णाली करिडोर र मदन भण्डारी राजमार्गलाई प्राथमिकता

Leave a comment

Your email address will not be published. Required fields are marked *