कर्णाली करिडोर र मदन भण्डारी राजमार्गलाई प्राथमिकता दिइन

सुर्खत। कर्णालीप्रदेशको भौतिक पूर्वाधार निर्माणमा केन्द्र सरकारले चासो बढाएको छ । केन्द्र सरकार अन्तर्गतको सडक विभाग निर्देशनालयले कर्णाली प्रदेशका दुई वटा ठूला सडक आयोजनालाई समयमै सम्पन्न गर्नेगरी चासो देखाएको हो । जसका लागि विभागले कर्णाली करिडोर र मदन भण्डारी राजमार्गलाई उच्च प्राथमिकतामा राखेको छ ।

‘कर्णालीको भौतिक पूर्वाधार निर्माणमा केन्द्र सरकारको पनि चिन्ता र चासो छ’ सडक विभागका उपमहानिर्देशक शिव नेपालले भने, ‘कर्णालीका दुई ठूला सडक आयोजनाहरु (मदन भण्डारी राजमार्ग र कर्णाली करिडोर) केन्द्र सरकारको प्राथमिकतामा छन् ।’ यि दुई सडक आयोजना तोकिएकै समयमा सम्पन्न गर्नेगरी काम भइरहेको उनले बताए । मदन भण्डारी राजमार्ग र कर्णाली करिडोरको पूरै भागको निर्माण सम्पन्न भएको खण्डमा कर्णालीको विकास निर्माणमा ठूलो टेवा पुग्ने अपेक्षा राखिएको छ ।

मदन भण्डारी राजमार्गको कामलाई अगाडि बढाउन सुर्खेतमा कार्यालय राख्ने तयारी गरिएको छ । अबको दुई महिनाभित्र कार्यालय स्थापना गरेर मदन भण्डारी राजमार्ग अन्तरगत सुर्खेत खण्डको पूर्व र पश्चिम क्षेत्रको काम अगाडि बढाउने लक्ष्य छ । कार्यालय स्थापनापछि सुर्खेतको बराहताल गाउँपालिकाको बड्डिचौर हुँदै निघाटसम्मको कामलाई अगाडि बढाइने छ ।

बड्डीचौर–बेनी सडकखण्ड निर्माणका लागि डीपीआर तयार भइसकेको छ । मन्त्रिपरिषद्ले डिपीआर स्विकृत गरेपछि ठेक्का प्रक्रिया सुरु गर्ने आयोजनाले जनाएको छ । सुर्खेतमा मदन भण्डारी राजमार्गको पश्चिम खण्डमा ९४ किलोमिटर सडक पर्दछ । सुर्खेतकै पूर्वी क्षेत्रमापर्ने धुलियाबिट–भेडाबारी–बोटेचौर सडकको ठेक्का टुंगो लागेर प्रारम्भिक काम अगाडि बढाइएको छ । यो खण्डमा तिहारलगत्तै काम थाल्ने तयारी छ ।

सुर्खेतको पूर्वी क्षेत्रमा राजमार्गको ३५ किलोमिटर सडक पर्दछ । कार्यालय स्थापना गरेर दुबै क्षेत्रको कामलाई अगाडि बढाउने सडक विभाग निर्देशनालयको तयारी छ । यस्तै कर्णाली करिडोरलाई अगाडि बढाउन बाँकी खण्डको काम पनि नेपाली सेनालाई दिने तयारी गरेको छ । हुम्लाको सर्केगाड गाउँपालिका (जिउसीकुनादेखि लालिबगर) खण्ड सेनालाई दिने तयारी गरिएको हो ।

सात किलोमिटर मात्र लम्बाइ भए पनि यो खण्ड पूरै चट्टानी भाग पर्दछ । यही कारण सडक विभागले चट्टानी माग निर्माणको जिम्मा सेनालाई दिने तयारी गरेको उपमहानिर्देशक नेपालले जानकारी दिए । कर्णाली करिडोरकै हुम्लाको दुल्लीकुनासम्म यातायात सुचारु गर्न सलीसल्लामा फेरी सञ्चालनमा ल्याउन कर्णाली नदीमा फेरी सञ्चालनमा गर्ने तयारी गरेको छ ।

कर्णाली नदीवारी र पारी सडक निर्माण पूरा भइसकेकाले नदीमा यातायात सञ्चालन गर्न फेरी चलाउन लागिएको हो । कालिकोटको जितेगडामा पुल निर्माण अन्तिम चरणमा पुगेकाकारण सोही स्थानमा रहेको फेरीलाई सलीसल्लामा लिएर जडान गर्न लागिएको विभागले जनाएको छ ।

संसदीय समितिद्धारा अनुगमन

कर्णाली प्रदेशको पूर्वाधार विकास निर्माण प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले पनि चासो देखाएको छ । कर्णालीका विभिन्न जिल्लाको स्थलगत अनुगमन गर्दै समितिले पूर्वाधार विकास निर्माणको अवस्था बुझेर फर्किएको छ । समितिले कर्णाली करिडोर अन्तर्गत (सल्लासल्ली सिमकोट र सिमकोट–हिल्सा सडक खण्ड) र मुगुमा ताल्चा–रारा सडक खण्डको अनुगमन गरेको फर्किएको छ ।

स्थलगत अनुगमनपछि काठमाडौं फर्किनुअघि सुर्खेत पत्रकार सम्मेलन गर्दै समितिका सभापति कल्याणीकुमारी खड्काले कर्णालीका विकासे आयोजनालाई तीब्र रुपमा अगाडि बढाउन सरकारलाई निर्देशन दिने जानकारी दिइन् । राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्लामा सल्लीसल्ला– सिमकोट सडक खण्ड, सिमकोट– हिल्सा सडक खण्ड, मुगुमा ताल्चा–रारा सडक खण्ड र कर्णाली करिडोरमा पर्ने पुलहरुको निर्माण लगायतका विकासे आयोजना अनुगमन गरेको छ ।

यस्तै समितिले कर्णाली र सुर्खेतमा बाढीपहिरोले पु¥याएको क्षति र राहतको अवस्था पनि बुझेको छ । असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म भएको बेमौसमी वर्षाका कारण आएको बाढीपहिरोले सुदूरपश्चिम र कर्णालीमा सबैभन्दा बढी क्षति पु¥याएको थियो । बाढीपहिरो पीडितलाई तत्काल राहत दिलाउन सरकारसँग पहल गर्ने जनाएको हो । अनुगमन टोलीमा सभापति गुरुङ, सासद शाही, यज्ञराज सुनुवार लगायत संसद सचिवालयका सदस्य र नेपाली सेनाका अधिकारी सहभागि थिए ।

बेलिब्रिज तयार

कर्णाली करिडोरको अन्तर्गत विभिन्न खण्डमा १६ वटा बेलिब्रिज (पुल) तयार भएका छन् । कर्णाली नदी र खोलाहरुमा बेलिब्रिज बनेका हुन्। बेलिब्रिज बनेपछि यातायात सञ्चालनमा सहज भएको छ । जसमध्ये दैलेख र कालीकोट खण्डमा धेरै बेलिब्रिजहरु बनेको सडक विभाग निर्देशनालयले जनाएको छ ।

हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्न हुम्ला खण्डमा खार्पुनाथ गाउँपालिकाको खार्पु दोजाममा पक्की पुल, छारे र सर्केगार्ड गाउँपालिकाको लेप्चेमा बेलिब्रज निर्माण तयारी थालिएको छ । यीमध्ये खार्पुसम्म सडक निर्माण भइसकेको छ ।
खार्पुको पुलका लागि १४ करोड र छारे तथा ल्याप्चेको बेलिब्रिज निर्माणका लागि चार–चार करोडमा टेण्डर स्वीकृत भएको छ । हिल्सा सिमकोट सडक आयोजनाका योजना प्रमुख बिसुनदास लामाका अनुसार चालु आर्थिकमा तीन वटै पुलहरु निर्माण गरिसक्ने लक्ष्य राखिएको छ ।

अर्काे बर्षदेखि कर्णाली करिडोर कालोपत्रे गरिने

अर्काे आर्थिक बर्षदेखि कर्णाली करिडोर कालोपत्रे गर्ने सडक विभागको तयारी छ । हुम्लाको सिमकोटसम्म ट्याक खुलेपछि कालोपत्रे गरिने विभागले जनाएको छ । ‘चालु आर्थिक बर्षमा सिमकोटसम्म ट्याक खोल्ने लक्ष्य राखेका छौँ’ उपमहानिर्देशक नेपालले भने, ‘सिमकोटसम्म ट्याक बेनिघाटसम्मको कामलाई अगाडि बढाइने छ । बड्डीचौर–बेनी सडकखण्ड निर्माणका लागि डीपीआर तयार भइसकेको छ ।

मन्त्रिपरिषद्ले डिपीआर स्विकृत गरेपछि ठेक्का प्रक्रिया सुरु गर्ने आयोजनाले जनाएको छ । सुर्खेतमा मदन भण्डारी राजमार्गको पश्चिम खण्डमा ९४ किलोमिटर सडक पर्दछ । सुर्खेतकै पूर्वी क्षेत्रमापर्ने धुलियाबिट–भेडाबारी–बोटेचौर सडकको ठेक्का टुंगो लागेर प्रारम्भिक काम अगाडि बढाइएको छ । यो खण्डमा तिहारलगत्तै काम थाल्ने तयारी छ ।

सुर्खेतको पूर्वी क्षेत्रमा राजमार्गको ३५ किलोमिटर सडक पर्दछ । कार्यालय स्थापना गरेर दुबै क्षेत्रको कामलाई अगाडि बढाउने सडक विभाग निर्देशनालयको तयारी छ । यस्तै कर्णाली करिडोरलाई अगाडि बढाउन बाँकी खण्डको काम पनि नेपाली सेनालाई दिने तयारी गरेको छ

हुम्लाको सर्केगाड गाउँपालिका (जिउसीकुनादेखि लालिबगर) खण्ड सेनालाई दिने तयारी गरिएको हो । सात किलोमिटर मात्र लम्बाइ भए पनि यो खण्ड पूरै चट्टानी भाग पर्दछ । यही कारण सडक विभागले चट्टानी माग निर्माणको जिम्मा सेनालाई दिने तयारी गरेको उपमहानिर्देशक नेपालले जानकारी दिए ।

कर्णाली करिडोरकै हुम्लाको दुल्लीकुनासम्म यातायात सुचारु गर्न सलीसल्लामा फेरी सञ्चालनमा ल्याउन कर्णाली नदीमा फेरी सञ्चालनमा गर्ने तयारी गरेको छ । कर्णाली नदीवारी र पारी सडक निर्माण पूरा भइसकेकाले नदीमा यातायात सञ्चालन गर्न फेरी चलाउन लागिएको हो । कालिकोटको जितेगडामा पुल निर्माण अन्तिम चरणमा पुगेकाकारण सोही स्थानमा रहेको फेरीलाई सलीसल्लामा लिएर जडान गर्न लागिएको विभागले जनाएको छ ।

‘आउँदो बर्ष सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिन्छ’ 

सडक विभागले आउँदो बर्षको दशंैभित्र हुम्लाको सिमकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने लक्ष्य राखिएको जनाएको छ । ‘कर्णालीको पूर्वाधार विकास निर्माणमा विभागको चिन्ता र चासो छ’ सडक विभागका उपमहानिर्देशक शिव नेपालले भने, ‘जसरी भए पनि आउने दशैंसम्म हुम्लाको सिमकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोड्छौं ।’

चाल आर्थिक बर्षमै सिमकोटसम्म साना गाडीहरु चलाउन सक्नेगरी सडक निर्माण थालेको उनले बताए । ‘चालु आर्थिक वर्षभित्रै सिमकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने योजना छ’ उनले भने, ‘चालु आर्थिक बर्षमा कुनै समस्या आए पनि दशैमा सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिन्छ ।’

जतिसक्यो छिटो सिमकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोड्नकै लागि निर्माण हुन बाँकी कर्णाली करिडोर नेपाली सेनालाई जिम्मा लगाएको उनको तर्क थियो ।

कर्णाली करिडोर र मदन भण्डारी राजमार्गलाई प्राथमिकता दिइन

रामायणले नेपाल(भारतको सम्बन्धलाई जोड्न सेतुको काम गरेको

कर्णाली करिडोर र मदन भण्डारी राजमार्गलाई प्राथमिकता दिइन

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन

Leave a comment

Your email address will not be published. Required fields are marked *