सीमा स्तम्भको अध्ययन हुने

हुम्ला  । उत्तरी छिमेकी चीनतर्फको सीमा स्तम्भको स्थलगत रुपमा अध्ययन हुने भएको छ । दार्चुला, बझाङ, हुम्ला, मुगु र डोल्पा जिल्लामा पर्ने चीनतर्फका सीमा स्तम्भहरुको अध्ययन हुने भएको हो। नेपाल सरकारका सहसचिव स्तरीय टोलीले चीनसँगका सीमा स्तम्भहरुको अनुगमन तथा अध्ययन गर्ने हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए ।

टोलीले अनुगमन गर्ने सीमा स्तम्भमा दार्चुला जिल्लाको सीमा स्तम्भ १, बझाङको २, हुम्लाको ३ र १२ , मुगुको १३ र डोल्पा जिल्लाको १४ र १५ नम्बर रहेका छन् । टोलीले आगामी २०७८ साल जेठ १८ गते देखि असार १ गतेसम्म सबै जिल्लामा रहेका सीमास्तम्भको स्थलगत रुपमा अनुगमन गर्ने तय भएको छ ।

चीनले हुम्ला खण्डको लाप्चामा पर्ने १२ नम्बर सीमा स्तम्भलाई एकतर्फी रुपमा मर्मत गरेको भन्दै कर्णाली प्रदेशसभा प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीले विरोध जनाएका थिए । उनको टोलीले हुम्ला खण्डमा पर्ने नेपाल र चीनका सीमा स्तम्भको स्थलगत रुपमा अनुगमन गरेर प्रतिवेदन नेपाल सरकारलाई पेश गरेका थिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *