माधव–झलनाथ पक्षले अविश्वासको प्रस्ताव फिर्ता लिएपछि डोरमणि पौडेलको पद जोगियो

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका खनाल–नेपाल पक्षका सांसदले नाम फिर्ता लिएका छन् ।

खनाल–नेपाल पक्षका २२ जना सांसदले वाग्मती प्रदेश सभा सचिवालयलाई पत्र लेखेर अविश्वास प्रस्तावबाट नाम फिर्ता लिएको प्रदेशसभाका सचिव कृष्णहरि खड्काले बताए ।

यसअघि एमालेको खनाल–नेपाल समूहका २२ सांसद र माओवादी केन्द्रका २३ सांसदले मुख्यमन्त्री पौडेलविरुद्ध गएको पुस १० गते अविश्वास प्रस्ताव दर्ता गराएका थि ए ।

माओवादी र एमालेका खनाल–नेपाल समूहका सांसदले मुख्यमन्त्रीका रूपमा नेत्री अष्टलक्ष्मी शाक्यलाई अगाडि सारेको थियो । वाग्मतीमा ५७ सांसद रहेको एमालेको एकल बहुमत छ । वाग्मतीमा सरकार गठनका लागि ५६ मत आवश्यक पर्छ ।

माधव–झलनाथ पक्षले अविश्वासको प्रस्ताव फिर्ता लिएपछि डोरमणि पौडेलको पद जोगियो

सल्यानका अधिकांश उपभोक्ता स्वच्छ खानेपानीको पहुँचबाहिर

माधव–झलनाथ पक्षले अविश्वासको प्रस्ताव फिर्ता लिएपछि डोरमणि पौडेलको पद जोगियो

सीमा स्तम्भको अध्ययन हुने

Leave a comment

Your email address will not be published. Required fields are marked *