कोरोना अपडेट : २२ सय ९५ जना संक्रमित थपिँदा १६ जनाको मृत्यु

काठमाडौं : देशभरि सोमबार २ हजार २ सय ९५ जना कोरोना संक्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरणअनुसार १६ हजार २ सय ३३ जनाको पिसिआर परीक्षण गर्दा २ हजार २ सय ९५ जना संक्रमित भेटिएका हुन्।

आज १६ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म नेपालमा कोरोना संक्रमणबाट १० हजार ७ सय ३० जनाले ज्यान गुमाइसकेका छन्। यस्तै आज १ हजार ८ सय ८ जनाले कोरोना पराजित गरेका छन्। हाल नेपालमा संक्रमणमुक्त हुने दर ९३ दशमलव ९ प्रतिशत पुगेको छ।

मन्त्रालयको विवरणअनुसार हाल देशभरि ५ सय ६८ जना संक्रमित आइसियू र १ सय ६० जना भेन्टिलेटरमा उपचाररत छन्

कोरोना अपडेट : २२ सय ९५ जना संक्रमित थपिँदा १६ जनाको मृत्यु

अफगान सीमानजिक रूसी सेनाले गर्‍यो सैन्य अभ्यास

कोरोना अपडेट : २२ सय ९५ जना संक्रमित थपिँदा १६ जनाको मृत्यु

कर्णालीमा कोभिड : जोखिममा बालबालिका

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!