अफगान सीमानजिक रूसी सेनाले गर्‍यो सैन्य अभ्यास

मस्को : रूसी सेनाले अफगानिस्तानको सीमावर्ती पहाडी भूभागमा सैन्य अभ्यास गरेको छ ।

रूसी विदेश मन्त्रालयले करिब ५ सय सैनिकले ताजिकिस्तानको अफगान सीमासँग जोडिएको पहाडमा सैन्य अभ्यास गरेको सोमबार जनाएको छ।

अमेरिका नेतृत्वको सेना अफगानिस्तानबाट फर्किन लागेको र त्यहाँको शासन तालिबानले नियन्त्रणमा लिएपछि अफगानिस्तान फेरि अस्थिर हुनसक्ने आशंकाले रुस चिन्तित छ।

ताजिकिस्तानस्थित रूसी सैनिक अखडामा रहेका सबैले अभ्यासमा सहभागी भएको इन्टरफ्याक्स समाचार एजेन्सीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ। यो अगस्टमा रुसले अफगानिस्तानको सीमावर्ती ताजिकिस्तानी भूभागमा गरेको यो तेस्रो सैन्य अभ्यास हो।

सेप्टेम्बरमा रूसी सेनाको नेतृत्वमा किर्गीजिस्तानमा पनि सैन्य अभ्यास हुँदै छ। किर्गीजिस्तानमा रूसको वायुसैनिक अखडा छ।

अफगान सीमानजिक रूसी सेनाले गर्‍यो सैन्य अभ्यास

अमेरिकाले अफगानिस्तानमा कारबाही जारी राख्ने

अफगान सीमानजिक रूसी सेनाले गर्‍यो सैन्य अभ्यास

कोरोना अपडेट : २२ सय ९५ जना

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!