गोलरक्षक र डिफेन्सबीचको तालमेल अभावमा नेपाल पराजित

इराकविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल फराकिलो अन्तरले पराजित बनेको छ। गोलरक्षक र डिफेन्सबीचको तालमेलको अभाव देखिएको खेलमा नेपाल ६–२ ले पराजित बनेको हो।

नेपालले व्यहोरेको अधिकांश गोलमा डिफेन्स र गोलरक्षक किरण चेम्जोङबीचको समन्वय अभाव देखिन्थ्यो।

पहिलो हाफको ३८ मिनेटसम्म अग्रता बनाएको नेपाली टिम त्यसपछिको अवधिमा भने घरेलु टोली सामु निरिह देखिएको थियो। पहिलो हाफको ८ मिनेटमा तीन गोल खान पुगेपछि नेपाली टिमको लय खस्कदै गएको थियो। खेलमा सुरुवाती अग्रता इराकले लिएको थियो।

नेपाली डिफेन्डरले फाउल गरेपछि सातौँ मिनेटमा पाएको अवसरमा कप्तान अला अब्दुल जहर खासिनले फ्रिकिकमा गोल गरेका थिए। उनले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहार गोलरक्षक किरणको टाउको माथिबाट गोल भएको थियो। तर त्यसको एक मिनेट नबित्दै अहमद इब्राहिम खलाफको आत्मघाती गोलमा नेपाल बराबरी गर्न सफल रहयो।

इराकका खेलाडी गोलको खुसियाली मनाएर संयम हुन नपाउँदै गरेको आक्रमणमा अन्जन विष्टको प्रहार क्लियर गर्ने धुनमा खलाफको प्रहार आफ्नो पोस्टमा छिरेको थियो। खेलको ३० औ मिनेटमा मनिष डाँगीले नेपाललाई अग्रता दिलाएका थिए।

सन्तोष तामाङको चलाखी पूर्ण पासलाई अफसाइड ट्रयाप बिट गर्दै मनिषले डेब्यु गोल गरेका हुन्। गोलरक्षक अघि बढेको अवस्थामा उनले पेनाल्टी क्षेत्र बाहिरबाट सानदार गोल गरे। मनिषले गोल गरेसँगै इराक विरुद्ध २० बर्षपछि गोल गर्ने खेलाडी समेत बनेका छन्।

गोलरक्षक र डिफेन्सबीचको तालमेल अभावमा नेपाल पराजित

बेलायती प्रधानमन्त्रीले गरे सुटुक्क विवाह

गोलरक्षक र डिफेन्सबीचको तालमेल अभावमा नेपाल पराजित

६६ वर्षका भए अभिनेता परेश रावल

Leave a comment

Your email address will not be published. Required fields are marked *