६६ वर्षका भए अभिनेता परेश रावल

भारतका दिग्गज फिल्म अभिनेता परेश रावल ६६ वर्षको लागेका छन् । आज ३० मे उनको जन्मदिन हो । पछिल्लो ३५ वर्षदेखि लगातार उनले दर्शकहरुलाई मनोरञ्जन दिदैं आएका छन् ।

उनी फिल्म निर्माता, अभिनेता र कमेडियनसँगै राजनीतिज्ञ पनि हुन् । २०१४ देखि २०१९ सम्म उनी अहमदाबादबाट भारतीय जनता पार्टीका सांसद् थिए । उनी नरेन्द्र मोदीका ठूलो समर्थक पनि मानिन्छन् ।

यी भूमिका सधैं चर्चामा
उनले धेरै फिल्महरूमा जीवन्त अभिनय गरेका छन् । चाहे त्यो ‘हेरा फेरी’ को बाबुराव गणवतराव आप्टेको भूमिका होस् वा ‘वेलकम’ मा डाक्टर घुंघरुको होस् ।

गोलमाल फन अन लिमिटेड फिल्ममा उनले अन्धोपन भएका एक वृद्धको भूमिका निभाएका छन् । भागम भाग फिल्ममा पनि उनको अभिनयलाई धेरै प्रशंसा गरेका छन् । यस फिल्ममा उनी चम्पक अर्थात् चम्पू चतुर्वेदी नामक पात्रको भूमिकामा छन् ।

‘ओ माई गड’, ‘भूल भुलैया’ लगायत फिल्ममा पनि उनको अभिनयको ठूलो तारिफ भएको थियो । विभिन्न साना–ठूला भूमिका समेत जोड्दा उनले अहिलेसम्म २ सय ६० भन्दा धेरै फिल्ममा अभिनय गरिसकेका छन् ।

६६ वर्षका भए अभिनेता परेश रावल

गोलरक्षक र डिफेन्सबीचको तालमेल अभावमा नेपाल पराजित

Leave a comment

Your email address will not be published. Required fields are marked *