वर्षा सिवाकोटी भन्छिन्, ‘नेतालाई पढाउने तालिम केन्द्रका लागि पनि बजेट विनियोजन गर्दा हुने’

नेपाली सिने जगतकी चल्तीकी नायिका वर्षा सिवाकोटीले शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा जारी बजेट वक्तव्यमाथि आफ्नो धारणा व्यक्त गरेकी छिन् ।

धारणा प्रस्तुत गर्दै गर्दा उनले नेतालाई पढाउने तालिम केन्द्रका लागि पनि बजेट विनियोजन हुनुपर्ने बताएकी छिन् ।

आइतबार आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा उनले सो कुरा बताएकी हुन् । उनले लेखेकी छिन्, ‘बजेट त सधैं राम्रो र आनन्द लाग्ने आउने हो, यो पटक झन् राम्रो र कर्णप्रिय लाग्दैछ तर बजेट भाषण सकिने बित्तिकै एक अर्कालाई सत्तोसराप सुरु हुने निश्चित छ ।

नेताको दिनहुँको किचलोले जनता दिक्क भएका छन् । यो कुरा बुझाउन नेतालाई पढाउने र बुझाउने तालिम केन्द्रका लागि पनि बजेट विनियोजन गर्दा हुने !’ उनको यो स्टेटसमा हालसम्म दुई सय बढीले कमेन्ट गरिसकेका छन् । यसमा उनले मिश्रित प्रतिक्रिया पाइरहेकी छिन् ।

वर्षा सिवाकोटी भन्छिन्, ‘नेतालाई पढाउने तालिम केन्द्रका लागि पनि बजेट विनियोजन गर्दा हुने’

६६ वर्षका भए अभिनेता परेश रावल

वर्षा सिवाकोटी भन्छिन्, ‘नेतालाई पढाउने तालिम केन्द्रका लागि पनि बजेट विनियोजन गर्दा हुने’

करिश्माले बाँडिन् चलचित्र प्राविधिकलाई राहत

Leave a comment

Your email address will not be published. Required fields are marked *