बैतडीमा बढे ज्वरो र झाडापखालाका बिरामी

बैतडी  । पछिल्लो केही भएको मौसम परिवर्तनसँगै बैतडीमा भाइरल ज्वरो र झाडापखालाका बिरामी बढेका छन् । जिल्ला अस्पताल तथा अधिकांश स्वास्थ्य संस्थामा भाइरल ज्वरो र पखालाका बिरामीको संख्या बढेको हो  ।

पछिल्लो केही दिनयता भाइरल ज्वरो र झाडापखालाका बिरामीको संख्या बढेको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए ।

यस्तै ‚ पाटन नगरपालिकाका पनि केही दिनयता भाइरल ज्वरोका बिरामीको संख्या बढेको स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए  । हाल दैनिक ३० जनासम्म ज्वरो‚ रुघाखोकीका बिरामी स्वास्थ्य संस्थामा आउने गरेका श्रीकोट स्वास्थ्य चौकीका इञ्चार्ज वीरसिंह भाटले बताए । उनले भने‚ ‘पहिलेको तुलनामा पछिल्लो समय बिरामीको संख्या बढेको छ ।’

यस्तै‚ तल्लोस्वराड क्षेत्रमा पनि भाइरल ज्वरोका बिरामी बढेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ । केन्द्रमा दैनिक १०० को हाराहारीमा ज्वरोका बिरामी आउने गरेका जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले जानकारी दिए  ।

मौसममा आएको परिवर्तनले भाइरसहरु सक्रिय हुँदा भाइरल ज्वरो फैलिने र यसबाट बच्नका लागि सरसफाई र खानपानमा विशेष ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । भाइरल ज्वरोबाट बच्नका लागि उमालेको पानी मात्रै प्रयोग गर्ने, साबुनपानीले बेलाबेलामा हात धुनुपर्ने र तातो र झोलिलो खानेकुरा खानुपर्ने जिल्ला अस्पताल बैतडीका प्रमुख डा. जोशीले बताए ।

बैतडीमा बढे ज्वरो र झाडापखालाका बिरामी

पुनरावलोकनका लागि सर्वोच्च पुगे प्रचण्ड

बैतडीमा बढे ज्वरो र झाडापखालाका बिरामी

ओलीलाई भुसालको प्रतिप्रश्न: कसको बलमा र कसका

Leave a comment

Your email address will not be published. Required fields are marked *