पुनरावलोकनका लागि सर्वोच्च पुगे प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा भंग गर्ने फैसलाको पुनरावलोकनका लागि सर्वोच्च अदालत पुगेका छन् ।

उनी फैसलाको पुनरावलोकनको निवेदन लिएर अदालत पुगेका हुन् । सर्वोच्चले नाम विवादको फैसला सुनाउने क्रममा गत फागुन २३ मा तत्काली नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भई निर्माण भएको नेकपा भंग गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँताएको थियो ।

प्रचण्डले सर्वोच्चको उक्त फैसला राजनीतिक भएको भन्दै पुनरावलोकनका लागि जाने घोषणा गरेका थिए । सर्वोच्चले एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेकपाविरुद्ध ऋषि कट्टेलले आफ्नो नामसँग मिल्दो जुल्दो नाम राखेको भन्दै रिट दायर गरेका थिए ।

सोही रिटबारे सर्वोच्चले गरेको फैसलापछि नेकपाको एकता भंग भएर एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा पुगेका छन्। पार्टीको एकता भंग भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले अदालतको निर्णयविरुद्ध मुद्दा नलड्ने सार्वजनिक रुपमै बताएका छन् ।

कट्टेलले नेतृत्व गरेको दल २०७० साउन २२ मा निर्वाचन आयोगमा दर्ता भएको थियो। निर्वाचन आयोगमा कट्टेल नेतृत्वको नेकपाको दर्ता आयोगमा कायमै थियो । अदालतको फैसलापछि नेकपा एमाले र माओवादी केन्द्र साविकको अवस्थामा फर्किएको छ। एमाले नेता माधवकुमार नेपाल समूहसँगको छलफलपछि प्रचण्ड अदालत गएको हुन् ।

पुनरावलोकनका लागि सर्वोच्च पुगे प्रचण्ड

ओलीले निलम्बन गरेपछि थप रणनीति बनाउँदै नेपाल

पुनरावलोकनका लागि सर्वोच्च पुगे प्रचण्ड

बैतडीमा बढे ज्वरो र झाडापखालाका बिरामी

Leave a comment

Your email address will not be published. Required fields are marked *