बंगलादेशलाई हराउँदै नेपालले जित्यो त्रिदेशीय कप

काठमाडाैं । त्रिदेशीय फुटबल कपको उपाधि नेपालले जितेको छ । दशरथ रंगशालामा नेपालले बंगलादेशलाई २–१ हराएको छ ।
पहिलो हाफमा लिएको २ गोलको अग्रता जोगाउँदै नेपालले उपाधि आफ्नो हातमा बनाएको हो ।

साढे पाँच बजे सुरु भएको खेलको पहिलो हाफको १८ मिनेटमा नेपालका लागि संजोग राईले पहिलो गोल गरेका थिए ।
त्यसैगरी पहिलो हाफकै ४३ मिनेटमा विशाल राईले गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाए ।
तर दोस्रो हाफमा बंगलादेशले १ गोल फर्कायो। गोल गरेसँगै बंगलादेशले दोस्रो हाफमा निकै सुधारिएको प्रदर्शन गरेको थियो ।






