फैसला पुनरावलोकनका लागि प्रचण्ड सर्वोच्च अदालत जाँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा भंग गर्ने फैसलाको पुनरावलोकनका आज सर्वोच्च अदालत जाने भएका छन् ।

प्रचण्ड आज बिहान ११ बजे केही नेता तथा कानुन व्यवसायीसँग सर्वोच्च अदालत जान लागेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

सापकोटाका अनुसार अहिले प्रचण्ड वामपन्थी नेता विष्णु बहादुर मानन्धरको अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाट जाने र त्यहाँबाट फर्किएलगत्तै सर्वोच्च जाने छन् ।

सर्वोच्चले नाम विवादको फैसला सुनाउने क्रममा गत फागुन २३ गते नेकपा भंग गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँताएको थियो । सर्वोच्चको यो फैसला राजनीतिक भएको भन्दै पुनरावलोकनका लागि जाने घोषणा प्रचण्डले गरेका थिए ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेकपाविरुद्ध ऋषि कट्टेलले आफ्नो नामसँग मिल्दो जुल्दो नाम राखेको भन्दै रिट दायर गरेका थिए। सोही रिटबारे सर्वोच्चले गरेको फैसलापछि नेकपाको एकता भंग भएर एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा पुगेका छन्। पार्टीको एकता भंग भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले अदालतको निर्णयविरुद्ध मुद्धा नलड्ने सार्वजनिक रुपमै बताएका छन् ।

कट्टेलले नेतृत्व गरेको दल २०७० साउन २२ मा निर्वाचन आयोगमा दर्ता भएको थियो । निर्वाचन आयोगमा कट्टेल नेतृत्वको नेकपाको दर्ता आयोगमा कायमै थियो । अदालतको निर्णयपछि नेकपा माओवादी केन्द्र र एमाले साविकको अवस्थामा फर्केर आ–आफ्नो गतिविधि बढाइरहेका छन् ।

फैसला पुनरावलोकनका लागि प्रचण्ड सर्वोच्च अदालत जाँदै

रुखको हाँगाले लाग्दा मोटरसाइकलमा सवार दुईजना घाइते

फैसला पुनरावलोकनका लागि प्रचण्ड सर्वोच्च अदालत जाँदै

बंगलादेशलाई हराउँदै नेपालले जित्यो त्रिदेशीय कप

Leave a comment

Your email address will not be published. Required fields are marked *