रुखको हाँगाले लाग्दा मोटरसाइकलमा सवार दुईजना घाइते

दाङ : तुलसीपुर उपमहानगरपालिकामा रुखको हाँगाले लागेर दुईजना गम्भीर घाइते भएका छन् ।  घोराही–तुलसीपुर सडकखण्डको तुलसीपुर-७ पर्सेनीमा मोटरसाइकलमा सवार दुईजनालाई रुखबाट खसेको हाँगाले लागेको हो ।

हाँगोले लागेर तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा ५ प १८२२ नम्बरको मोटरसाइकलमा सवार घोराही-१५ का ३४ वर्षीय विशाल भट् चन्द र २४ वर्षीया माया थापा गम्भीर घाइते भएका छन् । उनीहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सडक निर्माणको क्रममा सडकमाथि आएका पिपलको हाँगा काटिररहेको समयमा हाँगा झर्दा मोटरसाइकलमा सवार उनीहरुलाई लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले बताए ।

रुखको हाँगाले लाग्दा मोटरसाइकलमा सवार दुईजना घाइते

‘मौसममा तत्काल सुधार हुने देखिँदैन, सावधानी अपनाउनुस्’

रुखको हाँगाले लाग्दा मोटरसाइकलमा सवार दुईजना घाइते

फैसला पुनरावलोकनका लागि प्रचण्ड सर्वोच्च अदालत जाँदै

Leave a comment

Your email address will not be published. Required fields are marked *