जसपाको ठाकुर पक्षले सोध्यो उपेन्द्र यादवलाई २४ घण्टे स्पष्टीकरण

काठमाडौं । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । जसपाका बहुमत पक्षले अध्यक्ष ठाकुरसहित चारजना नेतालाई सोधेको स्पष्टीकरणको केही समयमै ठाकुर पक्षले यादवलाई स्पष्टीकरण सोधेको हो ।

ठाकुर पक्षले यसअघि सोधेको स्पष्टीकरणको जवाफ आजसम्म नदिएको भन्दै २४ घण्टाभित्र चित्तबुझ्दो जवाफ नदिए जसपा नेपालको अन्तरिम विधान–२०७७ बमोजिम निष्कासनको समेत कारबाही हुने चेतावनी दिएको छ ।

यसअघि जसपाको बहुमत पक्षको तर्फबाट अध्यक्ष ठाकुर, नेताहरु राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले पत्र काटेका थिए ।

स्पष्टीकरण नदिए राजनीतिक दलसम्बन्धी ऐन र जनता समाजवादी पार्टीको विधान अनुसार पार्टीबाट निष्कासनसम्मको कारबाही गर्ने उनले पत्रमा उल्लेख गरेका छन् ।

जसपाको ठाकुर पक्षले सोध्यो उपेन्द्र यादवलाई २४ घण्टे स्पष्टीकरण

अर्थमन्त्री पौडेलद्वारा सिंहदरबारबाट बजेट भाषण सुरु

जसपाको ठाकुर पक्षले सोध्यो उपेन्द्र यादवलाई २४ घण्टे स्पष्टीकरण

परीक्षण घट्यो, ४,४८७ जनामा कोरोना संक्रमण, ११६

Leave a comment

Your email address will not be published. Required fields are marked *