२०८३ जेष्ठ ३० गते
×

Now Playing

सुर्खेतमा माधव-झलनाथ समूहको समानान्तर कमिटी गठन

सुर्खेत : माधव–झलनाथ समूहले सुर्खेतमा नेकपा (एमाले)को समानान्तर कमिटी गठन गरेको छ। मोहनसिंह बडुवालको अध्यक्षतामा २२७ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो।

शुक्रबार साँझ गठन भएको कमिटीको उपाध्यक्ष टोपबहादुर रास्कोटी, सचिव शिवप्रसाद उपाध्याय र उपसचिव बलबहादुर नेपाली छन्। लामो समयदेखि माधव–झलनाथ समूहलाई साथ दिँदै आएका एमाले सुर्खेतका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य ध्रुवकुमार शाही संस्थापन पक्षमा लागेका छन्।

बडुवाल यसअघि जिल्ला कमिटीकासचिव थिए। रास्कोटी यसअघि उपसचिव थिए। त्यस्तै सचिव उपाध्याय पनि अघिल्लो कार्यकालमा उपाध्यक्ष भइसकेका हुन्।

सुर्खेतमा माधव-झलनाथ समूहको समानान्तर कमिटी गठन

जापानमा स्वास्थ्य संकटकाल जून २० सम्म थपियो

Leave a comment

Your email address will not be published. Required fields are marked *