२०८३ असार २ गते
×

Now Playing

वायु प्रदूषणले भोलिदेखि देशभरका सबै शिक्षण संस्था बन्द

काठमाडौं । बढ्दो वायु प्रदूषणका कारण सरकारले देशभरका सम्पूर्ण शिक्षण संस्था तत्कालका लागि बन्द गर्ने निर्णय गरेको छ।

भोली ९मंगलबार० देखि लागू हुनेगरी चार दिनका लागि सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए । मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो ।

बैठकमा बोल्दै मन्त्री श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताका कारण शिक्षण संस्था बन्द गर्नुपरेको जानकारी दिए । बैठकमा शिक्षा सचिव रामप्रसाद थपलिया, विज्ञान सचिव डा‍ सञ्जय शर्मा, मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्मा, सहसचिव डा।हरी लम्साल, शिक्षा, तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्याल लगायतको उपस्थिति रहेको थियो  ।

बैठकअघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग यस विषयमा परामर्श गरेका थिए। अब शिक्षण संस्थाहरु आइतबार मात्रै खुल्नेछन्। केही दिनदेखि काठमाडौं उपत्यकासहित देशैभरका धुवाँ र धुलो मिसिएर वायु प्रदूषण बढेको छ ।

 

वायु प्रदूषणले भोलिदेखि देशभरका सबै शिक्षण संस्था बन्द

रेशम चौधरीबारे छलफल गर्न गृहमन्त्रीको नेतृत्वमा वार्ता

वायु प्रदूषणले भोलिदेखि देशभरका सबै शिक्षण संस्था बन्द

बर्दियामा बाघको आक्रमणबाट एक जना गम्भीर घाइते

Leave a comment

Your email address will not be published. Required fields are marked *