रेशम चौधरीबारे छलफल गर्न गृहमन्त्रीको नेतृत्वमा वार्ता टोली

काठमाडौं । सांसद रेशम चौधरी प्रकरणमा सरकारले वार्ता टोली गठन गरेको छ। थरूहट आन्दोलनकारीसँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा वार्ता टोली गठन गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए ।

वार्ता टोलीमा गृहमन्त्री बादलसहित प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा।राजन भट्टराई र नेकपा एमालेको केन्द्रीय सदस्य भगवती चौधरी छन् ।
सरकार र जनता समाजवादी पार्टी जसपा बीच रेशम चौधरी रिहा, संविधान संशोधन, थरूहट र मद्येश आन्दोलनविरुद्ध लगाएको मुद्दा फिर्ताको विषयमा छलफल चलिरहेको छ।






