बर्दियामा बाघको आक्रमणबाट एक जना गम्भीर घाइते

बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन् । गेरुवा गाउँपालिका–१ जनकनगरका ३५ वर्षीय चुलाराम थारु बाघको आक्रमणबाट गम्भीर घाइते भएका हुन् ।

थारुलाई सोमबार बिहान घरदेखि करिब तीन सय मिटर टाढा खेतमा पानी लगाउन गएको समयमा बाघले आक्रमण गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।

बाघले आक्रमण गरेको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय पाताभारबाट प्रहरी निरीक्षक नवराज केसीको कमाण्डमा गएको पाँच जनाको टोलीले थारुको उद्धार गरी नेपालगंज पठाइएको प्रहरीले जनाएको छ । थारुको टाउको, गर्दन र ढाडमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।

बर्दियामा बाघको आक्रमणबाट एक जना गम्भीर घाइते

वायु प्रदूषणले भोलिदेखि देशभरका सबै शिक्षण संस्था

बर्दियामा बाघको आक्रमणबाट एक जना गम्भीर घाइते

YUGAAWHAN NATIONAL DAILY (2077-12-16)

Leave a comment

Your email address will not be published. Required fields are marked *