विमानको आपतकालीन ढोका खोल्न लागेपछि मच्चियो हंगामा

एजेन्सी । शनिबार दिल्लीबाट वाराणसी उडान गर्ने स्पाइस जेट विमानमा गौरव खन्ना नामका व्यक्तिले आपतकालीन ढोका खोल्न खोज्दा हल्लाखल्ला मच्चिएको छ ।
उनको यस्तो हर्कतले यात्रु र विमानका चालक दलका सदस्यहरूलाई समस्या पैदा गरिदिएको थियो । ति व्यक्तिले विमान आकाशमा उडिरहेका बेला आपतकालीन गेटमा पुगेर गेट खोल्न खोजेको आजतकले जनाएको छ ।
स्पाइसजेटको एसजी २००३ एयरक्राफ्टमा एक व्यक्तिले दिल्लीबाट वाराणसी उडान गरिरहेका थिए । जबरजस्ती आपतकालीन गेट खोल्न को लागि प्रयास गरे।तत्कालै ती व्यक्तिलाई विमानका कर्मचारीले नियन्त्रणमा लिएका थिए ।

विमानमा ८९ जना यात्रु सवार थिए। थियो। हल्ला गर्ने व्यक्ति गौरग्राम निवासी हुन् । उक्त घटना एक यात्रुले क्यामरामा कैद गरेका छन्। विमान वारारसको लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थल पुगेको थियो। त्यहाँ एयरपोर्ट सुरक्षाकर्मी र सीआईएसएफका कर्मचारीले हिरासतमा लिएका छन् ।
प्रारम्भिक सोधपुछ गरेपछि उनलाई फूलपुर प्रहरी चौकीको जिम्मा लगाइएको थियो । अहिले पुलिस गौरवको मेडिकल गरी थप कारवाहीमा जुटेको छ । उनको मानसिक अवस्थामा समस्या रहेको बताइएको छ ।






