इन्डोनेसियाको गिर्जाघरमा आत्मघाती आक्रमण, कम्तीमा १४ जना घाइते

एजेन्सी । पूर्वी इन्डोनेसियाको साउथ सुलावेसी राज्यको एक इसाई गिर्जाघरमा आत्मघाती आक्रमण भएको प्रहरीले जनाएको छ ।

इन्डोनेसिया प्रहरीले दुई जना शंकास्पद व्यक्तिले आइतबार बिहान गराएको आत्मघाती बम आक्रमणमा परेर कम्तीमा १४ जना घाइते भएका बताएको छ ।

राजधानी जकार्तामा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता आर्गो युओनोले उक्त घटनामा संलग्नहरुको खोजी गर्न प्रहरीले व्यापक अनुसन्धान थालेको जानकारी दिए ।

उक्त बम आक्रमण सुलावेसी राज्यको मकासारस्थित एक गिर्जाघर बाहिर स्थानीय समयअनुसार आइतबार बिहान १०:३० बजे भएको थियो ।

मोटरसाइकलमा आएका दुई व्यक्ति गिर्जाघरभित्र प्रवेश गर्ने प्रयास गरेका थिए, तर गिर्जाघरका सुरक्षा गार्डले उनीहरुलाई ढोका बाहिरै रोकेका थिए ।

 

इन्डोनेसियाको गिर्जाघरमा आत्मघाती आक्रमण, कम्तीमा १४ जना घाइते

विमानको आपतकालीन ढोका खोल्न लागेपछि मच्चियो हंगामा

इन्डोनेसियाको गिर्जाघरमा आत्मघाती आक्रमण, कम्तीमा १४ जना घाइते

ब्राजिलमा कोभिड १९ बाट एकै दिनमा तीन

Leave a comment

Your email address will not be published. Required fields are marked *