चर्चित बक्सर अविरल घिमिरेले चुमे ‘के वान फेस्टिबल २०२१’ को उपाधि

काठमाडौं । युवापुस्ताका चर्चित अन्तर्राष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले ‘के वान फेस्टिबल २०२१’ को उपाधि जितेका छन् ।

जापानको राजधानी टोकियोमा आइतबार सम्पन्न उक्त महोत्सवमा अविरलले जापानी बक्सर खोतेजुलाई पहिलो राउण्डमा परास्त गर्दै नेपालका लागि ऐतिहासिक जित दिलाएका हुन् ।

विश्वका चर्चित बक्सरलाई मात्र उक्त महोत्सवमा खेलाइने गरिन्छ । हिमालयन चितुवा नामले विश्व प्रसिद्ध अविरल कम उमेरमा प्रतियोगिता जित्ने पहिलो नेपाली युवा खेलाडीसमेत बनेका छन् ।

दश हजारभन्दा बढी जापानीले विश्वचर्चित उक्त भिडन्त हलमा हेरेका थिए भने आबेमा युट्युव च्यानलमार्फत विश्वभर प्रत्यक्ष हेरिएको थियो । अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी एवं प्रशिक्षक देवकुमार घिमिरेका सुपुत्र अविरलले बुबाकै विशेष प्रशिक्षणमा महोत्सवको तयारी गरेका थिए ।

महोत्सवको उपाधि हात पारेपछि अविरलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो नेपालीका लागि ऐतिहासिक विजय हो । के वान फेस्टिबल २०२१ को उपाधि हात पार्नु मेरा लागि आफैंमा प्रतिष्ठाका विषय हो । म मेरा पिता देवकुमारलाई विशेष धन्यवाद दिन चाहन्छु ।’

सानो उमेरमा बक्सिङमा ऐतिहासिक सफलता हात पार्दै आएका उनले हालै सम्पन्न विश्वको प्रतिष्ठित ‘के वन किक बक्सिङ अन्तर्राष्ट्रिय प्रतियोगिता २०२०’ मा दोस्रो स्थान प्राप्त गरेका थिए ।

चर्चित बक्सर अविरल घिमिरेले चुमे ‘के वान फेस्टिबल २०२१’ को उपाधि

यी कम्पनीको सेयर मूल्य किन हुन्छ सर्वाधिक

चर्चित बक्सर अविरल घिमिरेले चुमे ‘के वान फेस्टिबल २०२१’ को उपाधि

विमानको आपतकालीन ढोका खोल्न लागेपछि मच्चियो हंगामा

Leave a comment

Your email address will not be published. Required fields are marked *