यी कम्पनीको सेयर मूल्य किन हुन्छ सर्वाधिक महँगो ?

सेयर बजारमा अहिले कुनै कम्पनीको सेयर मूल्य सर्वाधिक महँगो छ भने त्यो हो युनिलिभर कम्पनी । बहुराष्ट्रिय कम्पनी युनिलिभरको सेयर मूल्य अकस्मात बढेर सर्वाधिक महँगो भएको भने होइन ।

सेयर बजारमा महँगो सेयर भएको कम्पनीको सूचीमा लामो समयदेखि युनिलिभर रहँदै आएको छ । हाल यसको सेयर मूल्य १९ हजार ९ सय रुपैयाँ छ । कुनै समयमा यसको सेयर मूल्य ३५ हजार पार गरेको थियो ।

नेपाल स्टक एक्सचेन्जमा युनिलिभरको ९ लाख २० हजार सात सय कित्ता सेयर सूचीकृत छ । यसको बजार पुँजीकरण १८ अर्ब ३२ करोड १९ लाख ३० हजार रुपैयाँ पुगेको छ । सिमित सेयर भएकाले यसको प्रतिफल खानका लागि पनि लगानीकर्ताले बिक्री गर्दैनन् ।

अहिले कम्पनीको प्रतिसेयर आम्दानीमा भने ठूलो गिरावट आएको छ । गत वर्ष ९ सय ७२ रुपैयाँ ९वार्षिक० रहेको यसको प्रतिसेयर आम्दानी चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा घटेर १ सय ३७ रुपैयाँ ९वार्षिक० मा झरेको छ । यसले गत वर्षको नाफाबाट आफ्ना सेयर धनीलाई प्रतिकित्ता सय रुपैयाँ दरले नगद लाभांश दिएको छ ।

यता, राष्ट्रिय बिमा कम्पनी पनि महंगो सेयर भएको कम्पनी हो । यो दोस्रो महँगो सेयर हो । हाल यसको सेयर मूल्य १८ हजार सात सय रुपैयाँ छ । हाल राष्ट्रिय बिमा कम्पनीको चुक्ता पुँजी २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ रहेको छ । यो दोस्रो त्रैमाससम्मको अवस्था हो । यसको प्रतिसेयर आम्दानी १ सय ३ रुपैयाँ ८६ पैसा ९वार्षिक० रहेको यसको प्रतिसेयर नेटवर्थ १ हजार २ सय ३९ रुपैयाँ १ पैसा छ ।

नेप्सेमा राष्ट्रिय बिमा कम्पनीको २६ लाख ६६ हजार ३ सय ३५ कित्ता सेयर सूचीकृत छ । यसको बजार पूँजीकरण ४९ अर्ब ८६ करोड १० लाख २५ हजार ५ सय रुपैयाँ छ । अर्को महँगो सेयर भएको साल्ट ट्रेडिङ कम्पनी हो । यसको सेयर मूल्य अहिले १३ हजार २ सय ३५ रुपैयाँ प्रतिकित्ता छ । यसले लगानीकर्तालाई अघिल्लो वर्ष ३५ प्रतिशत लाभांश दिएको थियो । साल्ट ट्रेडिङको १९ लाख २० हजार २ सय ४६ कित्ता सेयर सूचीकृत छ । २५ अर्ब ४१ करोड ४४ लाख ५५ हजार ८ सय १० रुपैयाँ बजार पुँजीकरण छ ।

यता बोटलर्स नेपाल तराईको पनि सेयर मूल्य साढे ९ हजार प्रतिकित्ता छ । यो कोकाकोला उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनी हो । हिमालयन डिस्टिलरीको सेयरको बजार मूल्य ४ हजार १ सय ५० रुपैयाँ छ । चालु आर्थिक वर्षको ६ महिनासम्मको वित्तीय अवस्थालाई हेर्दा यसको वार्षिक प्रतिसेयर आम्दानी ९१ रुपैयाँ ६६ पैसा र प्रतिसेयर नेटवर्थ १ सय ५६ रुपैयाँ ८३ पैसा रहेको छ । नेप्सेमा यसको ८६ लाख ७ठ हजार कित्ता सेयर सूचीकृत छ । महँगा सेयर भएपनि यी कम्पनीहरुले दिने प्रतिफल भने आकर्षक देखिदैन ।

एलिजा उप्रेती/रातोपाटी

यी कम्पनीको सेयर मूल्य किन हुन्छ सर्वाधिक महँगो ?

पत्रकार महासंघमा ५ जना अध्यक्षका उमेदवार, कुन

यी कम्पनीको सेयर मूल्य किन हुन्छ सर्वाधिक महँगो ?

चर्चित बक्सर अविरल घिमिरेले चुमे ‘के वान

Leave a comment

Your email address will not be published. Required fields are marked *