मेलम्चीको पानी छाडियो, आधा घण्टामा धारा-धारामा

काठमाडौं । मेलम्चीको पानी काठमाडौंबासीको धारा(धारामा पठाइएको छ ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेयल) का प्रमुख मिलन शाक्यले आइतबार दिउँसो पानीको चाबी खोलेर उपभोक्ताको धारामा मेलम्चीको पानी पठाएका हुन् ।

अहिले मेलम्चीको पानी छोडिसकेको र अबको आधा घन्टापछि चावहिललगायत अन्य ठाउँका ग्राहकको धारामा पुग्ने शाक्यले बताएका छ्न् ।
मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउनेछ । आजबाट पाँच दिनसम्म दैनिक चार करोड लिटर पानी वितरण गरिने बताइएको छ ।






