एमाले वनेका २ जनप्रतिनिधिलाई कारवाहि स्वरुप स्पष्टीकरण

दुर्गा विसि
नेकपा माओवादि केन्द्र बनगाड कुपिण्डे नगर कमिटीले केपि समुहमा लागेको दुई जनप्रतिनिधिलाई कारवाहि गर्ने भएको छ । २ नं वडा अध्यक्ष प्रतिमल वुढा र कार्यपालिका सदस्य विन्दु सुनारलाएए एक हप्ता भित्र स्पष्टीकरण लिने समेत जनाएको छ ।एक दिन वसेको नगर कमिटी बैठकले सो निर्णय गरेको जनाएको छ ।

पुर्व माओवादी नेताहरू लगाएत सबैलाई एक ठाउमा ल्याएर थप अन्य कम्युनिस्ट पार्टीलाई एकता गर्नु पर्ने कुरामा जोड रहेको छ । नेपालमा कम्युनिस्ट वृहत् एकता गर्ने पर्नेमा प्रमुख अतिथि जिल्ला अध्यक्ष कर्ण बहादुर बुढाथोकी छहारीको भनाइ रहेको थियोे ।अहिलेको देश र जनताका लागि आवश्यक कुरा पनि यहि हो । तर प्रतिगामी मतियारहरुले सिंगो नेकपा छिनभिन्न वनाउन सफल भएको उहाँको भनाइ थियोे ।
बिचार धारा, कार्यदिशा, नेतृत्व निर्माण लगाएत तीन वटा चिजको एकता मिल्नु पर्नेमा जोड दिनु दिइएको छ । नेपालमा नेता तथा जनप्रतिनिधिहरुको कार्यकाल अवधी कति समय,कति वर्ष त्यो नतोकिए सम्म नेपालमा सधै पदकै लागि दन्द्ध भैराख्ने अध्यक्ष छहारिको भनाइ रहेको थियोे ।
पार्टी भित्र बाटै नै नेतृत्वलाई सहयोग नहुने त्यसैको फल स्वरुप अहिले केपि प्रवृत्ति आएको उहाले बताउनु भएको छ । त्यस्तै वडा तथा टोलटोलमा पार्टी भेटघाट तथा पार्टीसंगठन सुदृढीकरण अभियान समेत सन्चालन गर्ने निर्णय गरिएको सचीव मोमत रोकाले जानकारी दिनु भएको छ ।
साथै नेकपा माओवादी केन्द्र बाट स्थानीय निर्वाचन जितेका बनगाड कुपिण्डे नगरपालिका २ न वडा अध्यक्ष प्रतिमल बुढालाइ र ५ नं दलित महिला सदस्य तथा कार्यपालिका सदस्य विन्दु सुनारलाई स्पष्टीकरण सोध्ने निर्णय गरिएको छ । एक हप्ता भित्र स्पष्टीकरण दिन समेत आग्रह गरिएको छ भने उनिहरु नेकपा एमाले पार्टीको केपि समुहमा गएका छन ।

कर्णाली प्रदेश सदस्य तथा क्षेत्र क का किर्ती बहादुर पुन प्रकाण्ड , जिल्ला सदस्य धन बहादुर पुन मित्र, दुर्गा बहादुर वुढाथो, वीर बहादुर बुढा, उप प्रमुख मन्जु यरि, लगाएतले मन्तव्य राख्नु भएको थियो । नगर कमिटी अध्यक्ष किर्ती बहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रम सन्चालन दिपक यरिले गर्नु भएको थियो ।






