विजय खड्गी गोल्डकप आज आर्मी र सुनौलो संगम भिड्दै

चितवनमा जारी सेन्ट्रल कलेज स्व। विजय खड्गी गोल्डकपमा आज विभागीय टोली त्रिभुवन आर्मी क्लब र सुनौलो संगम युवा क्लब बुटवलबीच खेल हुँदैछ। खेल दिउँसो ४ बजे नारायणगढस्थित क्याम्पा चौरमा हुनेछ।

चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगितामा देशभरका १० टोली सहभागी छन् । शनिबार भएको खेलमा अफ्रिकन रुट्स एसोएिएसन क्यामरुन विजयी भएको छ।

क्यामरुनले अभिषेक चर्च रजहरलाई टाइब्रेकरमा ४–१ ले पराजित गरेका थियो ।

क्यामरुनलाई जिताउन गोल रक्षक स्याल्भियोले टाइब्रेकरमा अभिषेक चर्चको तीन प्रहार विफल तुल्याए। उनी खेलको म्यान अफ दि म्याच घोषित भए  ।

त्यसअघि निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो  । खेल अवधिभर क्यामरुनले अभिषेक चर्चलाई दबाबमा राखेको थियो । गोल गर्ने प्रसस्त अवसर पाए पनि क्यामरुनको फिनिसिङ कमजोर देखियो ।

प्रतियोगिताको विजेताले तीन लाख र उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ दि म्याचले पाँच हजार, प्रतियोगिताको उत्कृष्ट खेलाडीले २० हजार र विधागत रुपमा उत्कृष्ट हुने खेलाडीले १०–१० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

विजय खड्गी गोल्डकप आज आर्मी र सुनौलो संगम भिड्दै

एमाले वनेका २ जनप्रतिनिधिलाई कारवाहि स्वरुप स्पष्टीकरण

Leave a comment

Your email address will not be published. Required fields are marked *