कर्णालीका अधिकांश स्थानीय तहमा चयन भयो नयाँ नेतृत्व

सुर्खेत, ११ असोज । सत्तारुढ नेपाली कांग्रेसको गाउँ÷नगर अधिवेशन सकिएको छ । कर्णालीका ७९ वटा स्थानीय तहमध्ये ६२ वटा स्थानीय तहमा अधिवेशन सम्पन्न भएको हो । कर्णाली प्रदेशमा सल्यान, रुकुमपश्चिम, जाजरकोट, दैलेख, हुम्ला, कालीकोट, मुगु र जुम्लामा मात्र गाउँ÷नगर अधिवेशन सम्पन्न भएका हुन् ।

सदस्यता विवादका कारण सुर्खेत र डोल्पामा भने अधिवेशन हुन सकेको छैन । बाँकी आठ जिल्लाका ६२ वटा स्थानीय तहमा शनिबारदेखि नै काँग्रेसको गाउँ÷नगर अधिवेशन सुरु भएको थियो ।

अहिवेशन भएका पालीकामा आइतबार साँझसम्म प्रायः सबै पालिकाको मतपरिणामत सार्वजनिक भइसकेको छ । हुम्लाका नाम्खा, सिमकोट, खार्पुनाथ र ताँजाकोट गाउँपालिकामा सर्वसम्मत नेतृत्व चनय गरिएको छ । चंखेली गाउँपालिकामा भने मतदानबाट नेतृत्व चयन भएको हो ।

अधिवेशनले हुम्लामा संस्थापन अर्थात सभापति शेरबहादुर देउवा पक्षको पकड बलियो देखिएको छ । त्यहाँ पदाधिकारीसहित बहुमत सदस्यहरु संस्थापन पक्षबाट निर्वाचित भएका छन् ।

त्यस्तै कालीकोटका नौ वटा स्थानीय तहमा नै सर्वसम्मत रुपमा नेतृत्व छनौट गरिएको छ । त्यहाँ सहमतिबाट नेतृत्व चयन भएका कारण कसको पकड बलियो छ भन्ने एकीन भएको छैन । यही असोज १८ गते नै जिल्ला अधिवेशन गर्ने तयारी भएको कालीकोटमा जिल्ला नेतृत्व पनि सर्वसम्मत चयनको प्रयास भइरहेको छ ।

त्यस्तै रुकुमपश्चिमका सबै स्थानीय तहमा नेपाली कांग्रेसले नयाँ नेतृत्व चयन गरेको छ । ६ स्थानीय तहमध्ये पाँच स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरिएको हो । जिल्ला सदरमुकाम मुसीकोट बाहेक सबै तहमा सहमतिमा नेतृत्व चयन भएको गरिएको जिल्ला सभापति प्रेमप्रकाश वलीले जानकारी दिए ।

उनकाअनुसार चौरजहारीमा प्रेमबहादुर ओली, आठबीसकोट नगरपालिकामा अमृत बोहरा, बाँफिकोट गाउँपालिकामामा जनककुमार बाँठा, त्रिवेणिमा दिपेन्द्र ओली र सानीभेरीमा सन्तोष रोका सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन् ।

मुसीकोटमा भने सहमति नजुट्दा चुनाव गर्नुपरेको थियो । मुसीकोट नगरसभापतिमा समिरजंग मल्ललाई पराजित गर्दै प्रेम वली विजयी भएका हुन् ।

त्यस्तै सल्यानमा पनि सबै स्थानीय तहमा कांग्रेसले नयाँ नेतृत्व चयन गरेको छ । जिल्लाका दश स्थानीय तह मध्ये कांग्रेसको संस्थापन पक्ष र स्थापनइतर समूह बराबरी अर्थात पाँच÷पाँच पालिकाहरुमा विजयी भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा समूहले त्रिवेणी गाउँपालिका, बनगाडकुपिण्डे नगरपालिका, बागचौर नगरपालिका, छत्रेश्वरी र कुमाख गाउँपालिकामा जीत हात पारेको छ ।

देउवा समूहबाट बागचौरमा दीपेश डिसी, बनगाडमा पुरुषोत्तम आचार्य, छत्रेश्वरीमा सीता केसी, त्रिवेणी गंगाराम पुन र कुमाखमा ईश्वरी शाही सभापतिमा निर्वाचित भएका छन् ।नेता रामचन्द्र पौडेल समूहले भने सिद्धकुमाख गाउँपालिका, शारदा नगरपालिका, कपुरकोट गाउँपालिका, कालिमाटी गाउँपालिका र दार्मा गाउँपालिका जित हात पारेको छ ।

जसमध्ये शारदामा दीपक हमाल, कपुरकोटमा यज्ञराज वली, कालिमाटीमा गणेश केसी, दार्मामा कृष्ण वली र सिद्धकुमाखमा वीरबहादुर बुढाथोकी सभापतिमा निर्वाचित भएका छन् । दश स्थानीय तहमध्ये आठ स्थानीय तहमा निर्वाचित भएको हो भने दुई स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएका कांग्रेस सल्यानका सभापति गणेश चन्दले जानकारी दिए ।

देउवा समूहबाट त्रिवेणी गाउँपालिकामा गंगाराम पुन र पौडेल समूहबाट सिद्धकुमाखका वीरबहादुर बुढाथोकीलाई सर्वसम्मत नेतृत्व चयन गरिएको हो ।

यस्तै मुगु, जुम्ला, दैलेख र जाजरकोटका स्थानीय तहमा पनि कांग्रेसले नयाँ नेतृत्व चयन गरेको छ । सुर्खेतका नौ र डोल्पाका आठ स्थानीय तहमा भने सदस्यता विवादका समयमै टुङ्गो लाग्न नसकेका कारण अधिवेशन हुन सकेको छैन ।

अधिवेशन सकिएका अधिकांश स्थानीय तहमा चुनावबाट नेतृत्व चयन भएका छन् । केही स्थानीय तहमा भने सहमतिबाट नेतृत्वय चयन गरिएका हुन् । गाउँ÷नगर अधिवेशन सकिएसँगै जिल्ला नेतृत्वको चुनावी दौडधुप सुरु भएको छ ।

सुर्खेतमा ११ हजार क्रियाशिल सदस्य

सुर्खेतमा नेपाली कांग्रेसले ११ हजारभन्दा बढी क्रियाशिल सदस्य बनाएको छ । सुर्खेतमा कांग्रेसका क्रियाशिल सदस्यको संख्या ११ हजार दुईसय २१ जना पुगेको छ । शनिबार सार्वजनिक गरिएको क्रियाशिल सदस्यको संख्या अनुसार सुर्खेतमा अखण्ड नेपालबाट आएका कार्यकर्ताहरुले क्रियाशिल सदस्यता पाउन सकेका छैनन् ।

सुर्खेतमा अखण्ड नेपालबाट आएका झण्डै दुईसय कार्यकर्ताले कांग्रेसको क्रियाशिल सदस्यता पाउनुपर्ने माग गरेका थिए । देउवा पक्ष अखण्डबाट आएका नेता÷कार्यकर्ताहरुलाई क्रियाशिल सदस्यता दिनुपर्ने पक्षमा छ । तर बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले भने जनआधार नै नभएको पार्टीबाट आएका कार्यकर्ताहरुलाई क्रियाशिल सदस्यता दिन नसकिने अडान राख्दै आएको छ । यहीकारण सुर्खेतमा लामो समयदेखि क्रियाशिल सदस्यता विवाद हुँदै आएका थियो ।

२०७० सालको संविधानसभा निर्वाचनमा एकजना उम्मेदवार अखण्ड नेपाल पार्टीबाट थिए । उनले जम्मा ३२ मत ल्याएका थिए । ३२ मत पाएको पार्टीलाई कांग्रेसमा आउँदा एकसय ९९ क्रियाशील सदस्य दिने विषयमा पौडेल पक्षले असन्तुष्टि जनाएको थियो । यही कारण सुर्खेतमा कांग्रेसभित्र सदस्यता विवाद देखिएको थियो ।

मिल्यो सुर्खेत र डोल्पाको विवाद

नेपाली कांग्रेसले सुर्खेत र डोल्पाको क्रियाशिल सदस्यता सम्बन्धी विवाद टुंगो लगाएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालयले क्रियाशिल सदस्यताको सूचि सार्वजनिक गरेसँगै विवाद टुंगो लागेको हो । सुर्खेत र डोल्पामा सदस्यता विवाद थियो ।
दुबै जिल्लामा अखण्ड नेपालबाट आएका कार्यकर्ताहरुले पनि क्रियाशिल सदस्यता माग गरेपछि विवाद उत्पन्न भएको थियो । तर अन्तिम समयमा आएर दुबै जिल्लाबाट अखण्डबाट आएका कार्यकर्ताले कांग्रेसको क्रियाशिल सदस्यता पाउन सकेनन् । कर्णालीका अन्य आठ जिल्लामा वडा, नगर÷गाउँ अधिवेशन सम्पन्न भइसक्दा यि दुई जिल्लामा अधिवेशन हुन सकेको थिएन ।

सूचि सार्वजनिक भएसँगैयी जिल्लामा पनि वडा, नगर र गाउँअधिवेशन गर्ने बाटो खु लेको छ । केन्द्र ले कार्य तालिका तोकेपछि वडादेखि नगरको अधिवेशन गरिने सम्बन्धित जिल्लाहरुले जनाएका छन् ।

चार जिल्लामा १८ गते जिल्ला अधिवेशन

कर्णालीका चार जिल्लामा यही असोज १८ गते नै जिल्ला अधिवेशन हुने भएको छ । हिमाली जिल्लाहरु डोल्पा, हुम्ला, मुगु र कालीकोटमा १८ गते नै जिल्ला अधिवेशन गर्ने काँग्रेसले जनाएको छ । हिमाली जिल्लाहरुमा दशैंअधि नै जिल्ला अधिवेशन गरिसक्ने कांग्रेसको रणनीति छ । सोहीअनुसार यि जिल्लाहरुमा १८ गते नै जिल्ला अधिवेशन तोकिएका हुन् । तर डोल्पामा भने १८ गते नै जिल्ला अधिवेशन गर्न मुस्कील देखिएको छ ।

कालीकोट, मुगु र हुम्लामा वडा तथा गाउँ÷नगरअधिवेशन सम्पन्न भइसकेका छन् । तर डोल्पामा अहिलेसम्म वडा अधिवेशनकोसमेत टुङ् गो लागेको छैन । यही कारण १८ गते नै जिल्ला अधिवेशन हुनेमा आशंका छ । क्रियाशिल सदस्यता विवाद टुङ् गो लागिसकेका कारण त्यहाँ पनि १८ गते नै जिल्ला अधिवेशन गर्ने कांग्रेसको जोडबल छ ।

कर्णालीका अधिकांश स्थानीय तहमा चयन भयो नयाँ नेतृत्व

एभरेस्ट प्रिमियर लिग स् सोमबारका दुवै खेलमा

कर्णालीका अधिकांश स्थानीय तहमा चयन भयो नयाँ नेतृत्व

थप १२८२ जनामा कोरोना संक्रमण पुष्टि, ७

Leave a comment

Your email address will not be published. Required fields are marked *