फेरि सुरु हुँदै ‘आँधी तुफान-२’ को सुटिङ

काठमाडौं  । निषेधाज्ञाका कारण छायाँकन रोकिएका फिल्म पुनः छायाँकनका लागि जुट्न थालेका छन् । यस्तैमा निषेधाज्ञाले छायाँकन राोकिएको फिल्म ‘आँधी तुफान–२’ को सुटिङ छिट्टै सुरु हुने भएको छ । निर्माता मौनता श्रेष्ठले फिल्मको छायाँकन यहि २० गते भित्र सुरु गर्ने बताए ।

फिल्मको सुटिङ सुरु गर्ने तयारमा आफु लागेको निर्माता श्रेष्ठले सामाजिक सञ्जालमार्फत समेत सार्वजनिक गरेका छन् । उनले लेखेका छन्, ‘कोरोनाको दोस्रो लहरका कारण ७ दिन छायाँकन भएर रोकिएको फिल्म ‘आँधी तुफान–२’ करिब दुई महिनापछि २० असार भित्र छायाँकनमा जाँदैछौ । माया गर्ने हरेकलाई धन्यवाद ।’

मदन घिमिरेको निर्देशन रहेको फिल्ममा कनिजका कोइराल, आरती आचार्य, याङ्सु श्रेष्ठ, मुकुन्द थापा, ध्रुव कोइराला, सञ्जय खतिवडा, पुस्कर राउत, सिवन लामा, राजाराम गौतम, गोकुल सुवेदी, सान अधिकारी, सोनी बिसी, जोया बुढाथोकी, रुपा केसी, सरोज दाहाल, बिन्दीया ठकुरी, रमेश तामाङ र बालकलाकार अरुण कालीराज लगायतको अभिनय रहनेछ ।

दशक अगाडिको हिट फिल्म ‘आँधी तुफान’ को सिक्वेलको रुपमा यो बन्न लागेको हो । साउथ सुपरस्टार प्रभासको फिल्म ‘साहो’ भिलेन कनिज कोइराला फिल्ममा भिलेको रुपमा देखिँदैछन् । थ्रीलर र सस्पेन्स बिषयमा बन्न लागेको फिल्ममा रामशरण उप्रेतीको छायाँकन, प्रेम चुल्ठेको एक्सन, सुरेश अधिकारीको संगीत, हरि उप्रेती र दिनेश सुवेदीका गीत, रानी शाक्यको स्वर, कमल राईको नृत्य रहनेछ ।

फेरि सुरु हुँदै ‘आँधी तुफान-२’ को सुटिङ

कहिले गरिन् अभिनेत्री सन्ध्याले बिहे ?

फेरि सुरु हुँदै ‘आँधी तुफान-२’ को सुटिङ

सर्वोच्चमा ५ मिनेटको बहस, जिस्क्याएजस्तो भयो !

Leave a comment

Your email address will not be published. Required fields are marked *