किन अनुहार देखाउन चाहन्नन् इरफानकी श्रीमती ? बुर्का वा हातले सधैं छोपेको देखिन्छिन्

भारतीय क्रिकेट टिमका पूर्व अलराउन्डर इरफान पठान आफ्नी श्रीमती सफा बेगको एउटा तस्बिरका कारण चर्चामा छन् ।
इरफानका छोरा इमरानको इन्स्टाग्राम अकाउन्टमा एउटा तस्बिर सेयर गरिएको छ जसमा इरफान श्रीमती सफा र छोरासँग देखिएका छन् ।
फोटोमा सफाको अनुहार ब्लर गरिएको छ । सफाको ब्लर फोटोमा प्रयोगकर्ताले इरफानमाथि निशाना साँधेका छन् ।
इरफानले यसको जवाफ फर्काएका छन् । उनले भनेका छन्, ‘मेरी श्रीमतीले आफ्नो इच्छाले आफ्नो अनुहार ब्लर गरेकी छिन् र साँच्ची, म उनको मालिक होइन, साथी हुँ ।’
इरफान पठान सोसल मिडियामा सफा बेगको अत्यधिक फोटो सेयर गर्छन् । यद्यपि, धेरैजसो फोटोमा सफा बुर्कामा हुन्छिन् ।
यदि बुर्कामा छैनन् भने उनको अनुहार हातले ढाकिएको हुन्छ । उनको तस्बिर हेर्दा यस्तो लाग्छ कि सफा आफ्नो अनुहार देखाउन चाहन्नन् । यद्यपि, यो उनको नीजि निर्णय पनि हुनसक्छ ।






