चलचित्र प्राविधिकलाई कलाकारको सहयोग

निषेधाज्ञाका दैनिक गुजारामा समस्या देखिएका चलचित्र प्राविधिकका लागि बरिष्ठ कलाकार तथा नायक गणेश उप्रेतीले आर्थिक सहयोग गरेका छन् ।

उप्रेतीले चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामामार्फत ५० हजार सहयोग दिएका हुन् ।

पछिल्लो समय अमेरिकामा रहेका कलाकार उप्रेतीले उतैबाट उक्त सहयोग गरेका हुन् । जसको जानकारी प्रविधिक संघका अध्यक्ष लामाले सामाजिक संजाल मार्फत गराएका छन् ।

त्यस्तै कलाकार निर्मल शर्माले पनि समस्यामा परेका चलचित्र प्राविधिकका लागि भन्दै २५ हजार रुपैयाँ नगद सहयोग गरेका छन् ।

उनले आफू जोडिएको लक्ष्मी प्रतिष्ठासँग सहयोग जुटाएर नेपाल चलचित्र प्राविधिकलाई दिएको सामाजिक संजाल मार्फत सार्वजनिक गरेका छन् ।

अध्यक्ष लामाले अभिनेता जीवन लुइटेल, राजबल्लभ कोईराला, निरज बराल, मुकेश आचार्य लगायत थुप्रै कलाकारले विदेशबाट सहयोग गरेको समेत सामाजिक संजालमा उल्लेख गरेका छन् ।

चलचित्र प्राविधिकलाई कलाकारको सहयोग

‘१५ जेठमा बजेट नल्याउन अन्तरिम आदेश जारी

चलचित्र प्राविधिकलाई कलाकारको सहयोग

पूजाले गरिन् बिकिनीमा योगा

Leave a comment

Your email address will not be published. Required fields are marked *