विधानसभाको चुनाव भए पनि भारतमा विजयी र्‍याली गर्न नपाइने

एजेन्सी । भारतमा कोरोना महामारीकै बीच विभिन्न प्रान्तमा विधानसभाको चुनाव भए पनि विजयी र्‍याली भने गर्न नपाइने भएको छ ।

भारतको निर्वाचन आयोगले मतगणनाका दिन आगामी मे २ मा राजनीतिक पार्टीहरूले विजयी र्‍याली निकाल्न नपाउने बताएको छ। साथै विजयी भएका उम्मेदवारहरू पनि निर्वाचन आयोगमा प्रमाणपत्र बुझ्न जाँदा एक्लै जानुपर्ने भएको छ।

आयोगले देशमा बढेको कोरोना संक्रमणका कारण यस्तो निर्णय गर्नुपरेको बताएको छ। हाल भारतमा चार राज्य तथा एक केन्द्रशासित प्रदेशमा विधानसभा निर्वाचन भएको थियो। यी सबै ठाउँको मतगणना आगामी २ मे मा हुनेछ। गत ८ अप्रिलमा सुरु भएको निर्वाचन पर्सि २९ अप्रिलमा सकिनेछ।

यसअघि भारतको मद्रास उच्च अदालतले चुनावी र्‍यालीहरूट कोभिड फैलिएको भन्दै भारतमा कोभिडको संक्रमण तीव्र रुपमा बढ्नुमा निर्वाचन आयोग दोषी रहेको बताएको थियो । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २३ हजार कोरोना संक्रमित थपिएका थिए। यो अवधिमा त्यहाँ २ हजार ७ सयभन्दा बढी संक्रमितले ज्यान गुमाएका छन् ।

विधानसभाको चुनाव भए पनि भारतमा विजयी र्‍याली गर्न नपाइने

अन्डरवर्ल्ड डन छोटा राजनलाई कोरोना संक्रमण

विधानसभाको चुनाव भए पनि भारतमा विजयी र्‍याली गर्न नपाइने

नाइजेरियामा चौकी आक्रमण गरी पाँच प्रहरीको हत्या

Leave a comment

Your email address will not be published. Required fields are marked *