आगलागी बाट महिलाको ज्यान गयो
प्रचण्ड खत्री
रुकुम पशिम । रुकुम पशिमको बाफिकोट गाउपालिका वडा नम्बर १० मा आगलागी भएको छ ।
आगलागी बाट स्थानीय ४५ बर्सिय सर्केनी दमाईको निधन भएको जिल्ला प्रहरी कार्यालय रुकुम पशिमले जनाएको छ । बुकीबारी सामुदायिक बनमा लागेको आगो निभाउने क्रममा एक्कासी आगो मुखमा जादा निधन भएको बताएको छ ।
उक्त ठाउमा बिहिबार देखि लागेको आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय रुकुम पशिमका कार्यालय प्रमुख तथा प्रहरी उपरीक्षक धुर्ब कुमार श्रेष्ठ जानकारि दिए ।
छिमेकी सानीभेरी गाउपालिका वडा नम्बर ३ का बनबाट आयो आएर बाफिकोट १० का खालि सामुदायिक बन ,चमेरेपातल सामुदायिक बन , चक्कु लगाउने कबुलियती बन , तेस्रा पाखा सामुदायिक बन , देउराल चुला सामुदायिक बन र बयाल्ले रास्ट्रिय बनमा आयो फैलियर नियन्त्रण भएको वडा सदस्य तिलक खड्काले बताए ।
आगलागी बाट ४ घर जलेर नस्ट समेत भएका छन । ३ घर जल्दा ९ लाख बराबरको सामान जलेर नस्ट भएको वडा सदस्य खड्काले बताए । स्थानीय गगन जैसीको २ तले घर जल्दा ३ लाख बराबरको सामान जलेर खरानी भएका छन । त्यस्तै टिकाराम धिताल , सरुण गिरि र बिरभान गिरीको १ र १ तले घर जल्दा २ लाख बराबरको सामान जलेर नस्ट भएको बताएको छ ।





