खुला पुरुष भलिबल प्रतियोगिताको उपाधी आयोजकलाइ

सुर्खेत ।  वीरेन्द्रनगरमै पहिलो पटक सर्वाधिक पुरस्कार राशीको खुला देश स्तरियपुरुष प्र भलिबल प्रतियोगिताको उपाधि आयोजक टिम चुलि युवा क्लबले जितेको छ ।

सुर्खेतकाे वीरेन्द्रनगरमा चुलि युवा क्लब सिम्ताले आयोजना गरेकाे उक्त खेलकाे उपाधि समेत आयोजक टिम चुलि युवा क्लबलेनै हात पारेकाे छ । सुर्खेत जिल्ला खेलकुद विकास समितिको उत्तरतर्फको मैदानमा भएको प्रतियोगितामा रुकुम पश्चिमलाई हराउँदै प्रथम चुली कप–२०७७ को उपाधी जितेकाे आयाेजकले जनाएकाे छ  ।

 

फाइनल प्रतियोगितामा रुकुमलाई सोझो तीन सेटमा हराउँदै चुलीले उपाधीसँगै दुई लाख नगद र टर्फी पाएको छ ।  उपाधीको दावेदार रुकुमपश्चिम दोस्रो भएकाे छ । दोस्रो हुनेले नगद एक लाख पचास हजार र टर्फी पाएको छ । यस्तै, तेस्रो हाम्रो कम्प्युटर सुर्खेत र चौथो बनगाड कुपिण्डे युवा क्लव भएको छ । तेस्रोले नगद एक लाख र चौथोले पचास हजारसहित टर्फी पाएका छन् ।

 

 

खुला पुरुष भलिबल प्रतियोगिताको उपाधी आयोजकलाइ

आगलागी बाट महिलाको ज्यान गयो

खुला पुरुष भलिबल प्रतियोगिताको उपाधी आयोजकलाइ

चिनजान भएको दुई वर्षपछि विहे

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!