त्रिदेशीय फुटबल : आज नेपाल र बंगलादेश भिड्दै

काठमाडौं । त्रिदेशीय कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा आज नेपाल र बंगलादेशबीच खेल हुँदैछ। खेल दशरथ रंगशालामा साँझ साढे ५ बजे हुनेछ ।

आजको खेलमा बंगलादेशलाई पराजित गर्दै नेपाल फाइन प्रवेशको दाउमा हुनेछ । नेपालले आफ्नो पहिलो खेलमा किर्गिस्तानको २३ वर्षमुनिको टिमसँग गोलरहित बराबरी खेलेको थियो ।

बंगलादेशले किर्गिस्तानलाई पहिलो खेलमा पराजित गर्दै तालिकामा तीन अंक जोडिसकेको छ। आजको खेलमा नेपालले फाइनल प्रवेशका लागि जित वा बराबरी खेल्नै पर्ने बाध्यता छ ।

नेपाल पराजित भए गोल अन्तरका आधारमा नेपाल वा किर्गिस्तान फाइनल प्रवेश गर्नेछ ।

नेपालले पछिल्लो पटक बंगलादेशसँग खेलेका दुई मैत्रीपूर्ण खेलमा सन्तोषजनक नतिजा निकाल्न सकेको थिएन। फाइनल खेल पर्सि सोमबार हुनेछ।

त्रिदेशीय फुटबल : आज नेपाल र बंगलादेश भिड्दै

पश्चिम बंगालमा विधानसभा चुनाव स् मोदीको भाजपा

त्रिदेशीय फुटबल : आज नेपाल र बंगलादेश भिड्दै

वैशाख पहिलो सातादेखि त्रिदेशीय क्रिकेट सिरिज

Leave a comment

Your email address will not be published. Required fields are marked *