पश्चिम बंगालमा विधानसभा चुनाव स् मोदीको भाजपा र बनर्जीको तृणमुल कांग्रेसबीच कडा भिडन्त

पूर्वी नेपालको झापा र इलामसँग जोडिएको छिमेकी राष्ट्र भारतको पश्चिम बङ्गालमा विधानसभा निर्वाचनको माहौल तातिएको छ । पश्चिम बङ्गालको कुल २९४ सिटका लागि आठ चरणमा मतदान हुने भएको छ । मार्च २७ देखि अप्रिल १, ६, १०, १७, २२, २६ र २९ तारिकसम्म गरी आठ चरणमा मतदानको मिति तोकिएको छ ।
मत परिणाम मे २ तारिख सार्वजनिक गर्ने त्यहाँका निर्वाचन आयोगले सूचना जारी गरिसकेको छ। विधानसभा निर्वाचनले पश्चिम बङ्गाल राज्य सरकार नेतृत्वको छिनोफानो गर्छ । आयोगले विधानसभा निर्वाचनको मिति सार्वजनिक गरेसँगै यस पटक राज्य सरकारको नेतृत्वमा रहेकी अल इन्डिया तृणमुल कांग्रेसकी ९टिएमसी० मुख्यमन्त्री ममता बनर्जी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा) बीच कडा ठक्कर हुने त्यहाँका राजनीतिक विश्लेषकहरूले अनुमान गरेका छन् ।
सन् २०१६ को विधानसभा निर्वाचनमा तृणमुल कांग्रेसले २९४ सिटमध्ये २११ सिट जितेर बहुमतको सरकार गठन गरेको थियो। त्यस निर्वाचनमा भाजपाले ३ सिट मात्र जितेका थिए। राहु गान्धीको कांग्रेसले ४४ सिट र मार्क्सवादी कम्युनिस्ट पार्टी ९सिपीएम०ले २६ सिट जितेका थिए । त्यसबेला पश्चिम बङ्गालमा प्रधानमन्त्री मोदीको भाजपा कमजोर थियो। त्यसपछि प्रधानमन्त्री मोदीले बङ्गालमा जादु छडी चलाउँदै युवा वर्गलाई मोदीमय बनाउँदै सन् २०१९ को लोकसभामा ४२ सिटमध्ये १८ सिटमा जित दर्ता गरे ।
तृणमुल कांग्रेसकी नेतृ बनर्जीले २२ र राहुलको कांग्रेसले २ सिट जितेका थिए। लोकसभा निर्वाचनको मत परिणामपछि बङ्गलामा भाजपाको पकड राम्रो बन्दै गयो । १८ सिट भाजपाले जितेपछि तृणमुल कांग्रेसकी नेतृ बनर्जी त्यस बेला आत्तिए। त्यसैको फलस्वरूप यसपटकको विधान सभा निर्वाचनमा मुख्यमन्त्रीसमेत रहेका बनर्जी अरू पार्टीभन्दा पनि भाजपालाई रोक्ने योजनामा लागिपरेका छन् ।
बनर्जीको रणनीतिमा मोदीको भाजपा
कुनै बेला मार्क्सवादी कम्युनिस्ट पार्टी ९सिपीएम० एकछत्र राज थियो पश्चिम बङ्गालमा। सिपीएमले ३४ वर्ष बङ्गालमा एकछत्र शासन चलाएको इतिहास छ। सिपीएमका संस्थापक सदस्यसमेत रहेका पोलिटब्युरो सदस्य ज्योति बसुले २३ वर्ष मुख्यमन्त्री भएर बङ्गालमा शासन चलाएका थिए। त्यसपछि बसुले आफ्नै पार्टीका पोलिटब्युरो सदस्य बुद्धदेव भट्टाचार्यलाई बङ्गालमा शासन चलाउन पालो दिए ।
भट्टाचार्य बङ्गालमा ११ वर्ष मुख्यमन्त्री भएर शासन चलाए। २००७ सालमा किसान आन्दोलनको मुद्दा उठाएका तृणमुल कांग्रेसका ममता बनर्जीले सन् २०११ मा सत्तामा पुगेर वामपन्थीको यात्रामा रोक लगाए। वर्षौँदेखि वामपन्थी ९सिपीएमको लाल किल्ला मानिने ‘जंगलमहल’ पुरुलिया, बांकुरा, झारग्राम, विष्णुपुर, वीरभूम, पश्चिम मेदिनीपुर० मा सन् २०११ देखि नै बनर्जीको तृणमूल कांग्रेसले शासन चलाउन थाले ।
ममता बनर्जीले ‘जंगलमहल’ को शक्ति हासिल गर्न रोजेका बाटो अब भाजपाले पन्छाइरहेको छ। ममताले ‘जंगलमहल’ कब्जामा लिन त्यहाँ विकासण्रको मुद्दा उठाएर वामपन्थीको किल्ला तोडेको थियो । वामपन्थीले शासन मात्र चलाउने, तर त्यहाँका मानिसलाई कुनै सुविधा दिएनन् ।
त्यसको फाइदा बनर्जीले उठाएर सत्ता कब्जा गर्यो। र सत्तामा पुगेपछि बनर्जीले त्यहाँ विकासको लहर ल्याएर सबैको मन जित्यो। भाजपाले पनि अहिले यस्तै मुद्दा त्यहाँ उठाइरहेको छ । २०१४ देखि नै भाजपाले जंगलमहलमा कब्जा जमाउने रणनीति बनाएर अघि बढे। फलस्वरूप २०१९ को लोकसभामा भाजपाले पुरुलिया, बंकुरा, विष्णुपुर, मेदिनीपुर र झारग्राम सिट जित्यो। भाजपाले अहिले त्यहाँ भ्रष्टाचार र रोजगारीको मुद्दा उठाएर निर्वाचनको प्रचारप्रसार गरिरहेका छन् ।
बनर्जीको तृणमुल कांग्रेसले विकासको लहर ल्याए पनि भ्रष्टाचारको अन्त्य र रोजगारी दिन सकेनन्। जंगलमहलमा विधान सभाका लागि ४४ सिट छन् । जिल्ला बाँकुरामा १२, पुरुलियामा ९, पश्चिम मेदिनीपुरमा १९ र झारग्राममा ४ सिट समावेश छ।
बङ्गाल निर्वाचनमा नन्दीग्रामको भूमिका
बङ्गाल राजनीतिको परिवर्तन नन्दीग्रामबाट सुरुवात भएको हो । नन्दीग्राम क्रान्तिकारी इतिहाससँग जोडिएको छ। त्यसैले बङ्गालको निर्वाचनमा यस पटक नन्दीग्रामतर्फ सबैको ध्यान केन्द्रित बनेको छ। सन् २००६—०७ मा तत्कालीन पश्चिम बङ्गालका मुख्यमन्त्री बुद्धदेव भट्टाचार्यले नन्दीग्राममा १० हजार बिगाहा जमिन इन्डोनेसियाको सलिम समूहलाई रासायनिक हब बनाउन दिने घोषणा गरे। यस निर्णयको त्यहाँका जनताले कडा विरोध गर्यो ।
स्थानीय बासिन्दा आफ्नो निजी जमिन त्याग्न तयार थिएनन्। तर, मुख्यमन्त्री भट्टाचार्यले त्यस निर्णयबाट पछि हटेनन्, अन्ततः बल प्रयोग गरेर जमिन अधिग्रहण गर्न आदेश दिए। त्यसपछि शुभेन्दु अधिकारीले स्थानीय जनतासँग मिलेर आन्दोलन सुरु गरे।
२००७ मार्च १४ देखि त्यहाँ सुरक्षाकर्मी र स्थानीय बिचमा हिंसात्मक झडप सुरु भयो। हिंसात्मक झडपको क्रममा १४ जनाले ज्यान गुमाए। त्यही बेला ममता बनर्जीले शुभेन्दु अधिकारीसँग मिलेर नन्दीग्रामको मुद्दा समातिन् र आफैँले सुरक्षाकर्मीको ब्यारेकेटहरू पार गर्दै नन्दीग्राम पुगे। त्यहाँ उनले मा, माटी र मानुषको नारा दिएर आन्दोलनमा होमिए। यो नारा आन्दोलनभर राम्रोसँग चल्यो।
रातो झन्डाका साथ बाँच्ने र मर्ने कसम खाने मानिसहरू पनि उनको नाराको साथ उभिए, र आन्दोलन सफल भयो। त्यही आन्दोलनको नेतृ गरेकी ममता बङ्गालको सत्ता पुग्न सफल भयो।
नन्दीग्राममा शुभेन्दुसँग चुनाव लड्दै मुख्यमन्त्री ममता
सन् २००७ मा नन्दीग्राममा किसान आन्दोलन चर्किएको थियो। त्यस आन्दोलनको नेतृत्व शुभेन्दु अधिकारी र ममता बनर्जीले गरेका थिए। बनर्जी तृणमुल कांग्रेसको नेतृ हुन भने अधिकारी बनर्जीको दाहिने हात बनेसँगै पार्टीलाई अघि बढाए। सन् २०११ र २०१६ मा बनर्जी कोलकताको भवानीपुरबाट विधानसभाको चुवान लडेकी थिइन्, भने अधिकारी तृणमुल कांग्रेसबाटै २०१६ मा नन्दीग्रामबाट विधानसभाको चुनाव लडेका थिए। निर्वाचित भएका बनर्जी पश्चिम बङ्गालको मुख्यमन्त्री बनिन्, भने अधिकारी यातायात मन्त्री बने।
तर, यसपटक दुवै एक अर्कोको प्रतिद्वन्द्वी भएर पहिलो पटक चुनावी मैदानमा उत्रिएका छन्। विधानसभा चुनाव आउन केही महिना अघि नै अधिकारीले यातायात मन्त्रीबाट राजीनामा दिए। त्यसपछि उनले तृणमुल कांग्रेस परित्याग गरी नरेन्द्र मोदीको भाजपामा प्रवेश गरे। भाजपाले अधिकारीलाई नन्दीग्रामबाट चुनाव लड्ने टिकट दिए। अधिकारी नन्दीग्रामबाट चुनाव लड्ने घोषणा गरेसँगै उनलाई रोक्न बनर्जी पहिलोपटक आफ्नो निर्वाचन क्षेत्र छाडेर नन्दीग्रामबाट चुनाव लड्ने घोषणा गरिन्। बनर्जी र अधिकारी प्रतिद्वन्द्वी भएर चुनावी मैदानमा उत्रिएपछि १४ वर्षपछि पुनः राज्यकै ध्यान नन्दीग्रामतर्फ छ।
नन्दीग्राममा अधिकारीको छुट्टै सामाजिक र राजनीतिक पहिचान छ। उनका भाइ दिव्येन्दु अधिकारी कान्ति लोकसभा सिटबाट सांसद हुनुहुन्छ। बनर्जीलाई त्यहाँ चुनाव जित्न निकै मिहिनेत गर्नुपर्ने त्यहाँका राजनीतिक विश्लेषकहरूले गर्न थालेका छन्। पूरै नन्दीग्राममा विधान सभा निर्वाचनका लागि ३ लाख मतदाता रहेको छ। त्यसमा ७० प्रतिशत हिन्दु मतदाता र ३० प्रतिशत मुस्लिम मतदाता रहेका छन्।
थाहाखबरबाट






