सहयोगको लागी जुर्मुराए कैलाली जिल्लाका पूर्व ब्याडमिन्टन खेलाडीहरु 

कैलाली । कैलाली जिल्लामा ब्याडमिन्टन खेलको बिकासका लागि लामो समय देखि निरन्तर सहयोग र समन्वय गर्दै आइरहनु भयेको कैलाली जिल्ला ब्याडमिन्टनका एवं नेपाल ब्याडमिन्टन संघका केन्द्रिय सदस्य ऋषिकेश श्रेष्ठ ले यश जिल्लाका खेलाडीहरुको लागि रु।

४०,०००र( बराबरको ब्याडमिन्टन को बिभिन्न खेलकुद सामग्री उपलब्ध गराउनु भयेको छ। यसको साथ साथै नेपाल ब्याडमिन्टन संघका केन्द्रिय सदस्य सुनील श्रेस्ठ बाट नगद पांच हजार सहयोग दिनु भएको छ। राष्ट्रिय ब्याडमिन्टन अम्पायर दुर्गा भण्डारी बाट ५ बट्टा शटल कर्क , पुर्ब अंतर्राष्ट्रिय खेलाड़ीहरु शहदेव खडका बाट नगद दस हज़ार र राजू पनेरु बाट पन्द्र हज़ार सहयोग कैलाली जिल्लामा ब्याडमिन्टन संघ लाई जुटेको छ।

त्यसै गरी हाल पढाई को क्रममा अष्ट्रेलिया मा रहनु भएका अन्तर्राष्ट्रिय ब्याडमिन्टन खेलाडी संजीव खडका बाट दस हज़ार तधा पूर्व डबल्स च्याम्पियन इन्द्र महता बाट रु। ७०००र( उपलब्ध भएको छ। संघका सचिब मेम्बर सिंह ले पनि बेला बेला खेलाड़ी हरु लाई शटल कर्क र आर्थिक सहयोग गर्नु भएको छ।

अध्यक्षक् नवराज जोशी ले खेलाड़ी हरुलाई आफ्नो तर्फ बाट थ्इल्भ्ह् द्यन्टछ स्ट्रिंग तथा र्याकेट जस्तो सधैं खेलाडीहरु लाई चाहिने महँगो सामग्री आफ्नो तर्फ बाट ४ बर्षको लागि प्रदान गर्नु भएको छ। ब्याडमिन्टन प्रशिक्षक मेगराज कठायत को बार्है महिना प्रशिक्षण हुने गरेको कैलाली जिल्ला ब्याडमिन्टन संघ मात्र नेपाल मा एउटा यस्तो जिल्ला संघ हो जस्ले आफ्नो खेलाडीहरु लाई बर्षै भरि खेल सामग्री उपलब्ध गराउँछ ।

यस अर्थमा कैलाली जिल्ला ब्याडमिन्टन खेलाडी हरुको लागि उत्कृष्ट जिल्ला हो। यही सबैको परिणाम हो हाल केही समय यता कैलालीका जुनियर खेलाडीहरुले नेपालमा आफ्नो उपस्थिति दर्हो रुपमा रहेको प्रमाणित गर्न सफल भइसकेका छन ।

सहयोगको लागी जुर्मुराए कैलाली जिल्लाका पूर्व ब्याडमिन्टन खेलाडीहरु 

नेपाल समूहले पनि मुख्यमन्त्री शाहीको साथ छोड्ने

सहयोगको लागी जुर्मुराए कैलाली जिल्लाका पूर्व ब्याडमिन्टन खेलाडीहरु 

पश्चिम बंगालमा विधानसभा चुनाव स् मोदीको भाजपा

Leave a comment

Your email address will not be published. Required fields are marked *