जनताले अनुभूति गर्ने गरी समृद्धिको दिशामा लागौँ : सञ्चारमन्त्री कार्की

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताले अनुभूति गर्ने गरी समृद्धिको दिशामा अग्रसर हुन सबैलाई आ–आफ्नो ठाउँबाट योगदान पुर्‍याउन आग्रह गरेका छन्।

नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले समृद्धिको दिशामा सबैले आ–आफ्नो ठाउँबाट अघि बढन सके १० वर्षभित्रमा दक्षिण एसियामा नेपाल पनि एक सम्पन्न मुलुक बन्ने दाबीसमेत गरे।

उनले विज्ञापन बोर्डप्रति लक्षित गर्दै हरेकले आफैँले आफैंलाई अनुशासित बनाएर जनतालाई लोकतन्त्रको अनुभूति गराउनुपर्ने आवश्यक्तासमेत औंल्याए।

विज्ञापन दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री कार्कीले समाजका अरु क्षेत्रलाई पनि उदाहरणीय बन्ने गरेर मुलुकको समृद्धिको अभियान जुटन विज्ञापन क्षेत्रसँग सम्बन्धित संघ, संस्थाहरुलाई सचेत गराए।

उनले भने, ‘हामी सबैको एउटै लक्ष्य मुलुकलाई समृद्धिको दिशामा अग्रसर गराउने लक्ष्यमा पुर्‍याउनुपर्दछ। त्यसैले जनताले अनुभूति गर्न सक्ने किसिमको समृद्धिको दिशामा हामी सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारीपूर्वक तरिकाले अगाडि बढ्यौं भनेदेखि १० वर्षभित्रमा साउथ एसियामा हामी एउटा सम्पन्न मुलुकको रुपमा विकसित हुन सक्दछौं।’

मन्त्री कार्कीले विज्ञापनसम्बन्धी आचारसंहिताको प्रस्तावित मस्यौंदामाथि सुझाव दिएर यसलाई समृद्ध बनाउन पनि सराकारवाला सबै निकायलाई आह्वान गरे।

जनताले अनुभूति गर्ने गरी समृद्धिको दिशामा लागौँ : सञ्चारमन्त्री कार्की

छोरालाई गोली हान्ने बावु भरुवा बन्दुकसहित पक्राउ

जनताले अनुभूति गर्ने गरी समृद्धिको दिशामा लागौँ : सञ्चारमन्त्री कार्की

सेयर बजारमा उच्च अंकको सुधार, चार अर्ब

Leave a comment

Your email address will not be published. Required fields are marked *