सेयर बजारमा उच्च अंकको सुधार, चार अर्ब बढीकाे कारोबार

काठमाडौं : साताको दोस्रो दिन सोमबार धितोपत्र बजार उच्च अंकले उकालो लागेको छ।

सेयर कारोबार मापक नेप्से परिसूचक आज ८७ दशमलव ६३ अंकले बढेर २ हजार ६ सय ७२ दशमलव २५ बिन्दुमा पुगेको हो। नेप्सेमा आज कुल २ सय २९ कम्पनीका ५३ हजार ७ सय ९२ कारोबारबाट ८३ लाख ९५ हजार ८६४ कित्ता सेयर ४ अर्ब ३० करोड रुपैयाँभन्दा बढीमा कारोबार भयो।

बजार अस्वभाविक रुपमा वृद्धि गर्ने बैंकहरूको प्रयाससमा राष्ट्र बैंकले सर्किट लगाइदिए पछि त्यसको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको विश्लेषकहरू बताउँछन्।

लाभांशको सिजनमा बजार एकाएक घटेको थियो। यसरी सस्तो भएको मूल्यमा लगानीकर्ताहरू आकर्षित भएको अनुमान गरिएको छ। आज १६ करोड २५ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा महालक्ष्मी विकास बैंक अग्रस्थानमा छ।

सेयर बजारमा उच्च अंकको सुधार, चार अर्ब बढीकाे कारोबार

जनताले अनुभूति गर्ने गरी समृद्धिको दिशामा लागौँ

सेयर बजारमा उच्च अंकको सुधार, चार अर्ब बढीकाे कारोबार

स्थानीय तहको रिक्त पदमा अब उपनिर्वाचन गर्न

Leave a comment

Your email address will not be published. Required fields are marked *