छोरालाई गोली हान्ने बावु भरुवा बन्दुकसहित पक्राउ

रुकुम पश्चिम । रुकुम प्रहरीले आफ्नै छोरालाई गोली हान्ने बुवालाई पक्राउ गरेको छ ।

बाँफिकोट गाउँपालिका–१० बस्ने ५८ वर्षीय चन्द्र बहादुर वलीलाई प्रहरीले भरूवा बन्दुकसहित पक्राउ गरेको हो । घरायसी झगडामा मादक पदार्थ सेवन गरी वलीले आफ्नै छोरालाई गोली प्रहार गरेको तर नलागेको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

वलीलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमबाट प्रहरी खटिएको हो । प्रहरीले वली र उनको साथबाट भरूवा बन्दुक बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।

छोरालाई गोली हान्ने बावु भरुवा बन्दुकसहित पक्राउ

जनताले अनुभूति गर्ने गरी समृद्धिको दिशामा लागौँ

Leave a comment

Your email address will not be published. Required fields are marked *